बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

सम्हालिन सकेन सेयर बजार, लगातार २१९ अंकले ओरालो लाग्यो

बुधबार, भदौ २६ २०८१
सम्हालिन सकेन सेयर बजार, लगातार २१९ अंकले ओरालो लाग्यो

काठमाडौं- गएको साता समग्रमा २२.२ अंकले घटेको सेयर बजारमा यो साताको चार कारोबारमा नै ओरालोतिर लागेको छ। आइतबार २५.४६ र सोमबार ५५.८६ अंक र मंगलबार १३.०९ अंकले घटेको बजार बुधबार पनि ओरालोतिर नै देखिएको छ। बजार लगातार २१९.९७ अंकले घटेको छ।

बुधबार २२.७३ अंकले घटेर बजार २६१०.२१ बिन्दुमा झरेको छ। ६६ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ६ अर्ब ८५ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ। १७४ कम्पनीको सेयर मूल्य बढेको छ भने ४ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजारमा तीन सातायता भने अपेक्षाकृत वृद्धि हुन नसकेको हो। बजारमा लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा नै देखिन्छन्। अहिलेको अवस्थामा बजारप्रति लगानीकर्ताहरू विश्वस्त हुन सकेका छैनन्। 

गएको साता पहिलो कारोबारमा आइतबार ५३.६३ अंकले घटेको बजार सोमबार १२७.३२ र मंगलबार ६.९४ अंकले बढेको थियो। बजार बुधबार ९०.७३ र बिहीबार १२.१० अंकले घटेको थियो। यो साता पनि चार दिनको कारोबार घट्दा बजार लगातार ६ कारोबार दिन ओरालोतिर देखिएको छ।

लामो समय १८०० देखि २००० को बिन्दु आसपास रहेको बजार उच्च बिन्दुतर्फ बढिरहँदा तीन सातायता कमजोर देखिएको छ। बजारको लगातारको वृद्धिपछिको केही समय 'करेक्सन' देखिएको रुपमा विश्लेषकहरूले अर्थ्याइरहँदा लगानीकर्ताहरू दुविधामा देखिन्छन्। लगानीकर्ताहरू बढ्दो बजारप्रतिको विश्वासमा फर्कन सकेका छैनन्।

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने विश्लेषकहरूले बताइरहेका छन्। पर्ख र हेरको सोचमा देखिएका लगानीकर्ताको भरोसा फर्किएसँगै बजार नयाँ उचाइमा पुग्ने उनीहरू बताउँछन्।

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते बजार ३०००.८१ को बिन्दुमा पुगेको थियो। भदौमा पनि उचाइतर्फकै लय समात्ने आँकलन भइरहँदा बजार धिमा गतिमा देखिएको हो।

लगातार उच्च बिन्दुतर्फ लागेर केही समय वृद्धि रोकिएको सेयर बजार पुन: उचाइतर्फ नै लाग्ने अपेक्षा कमजोर भइरहँदा बजारको प्रवृत्ति बुझ्नुपर्ने विश्लेषकहरू बताउँछन्। बजारमा देखिएको ‘बुलिस ट्रेन्ड’ बीच केही समय उतारचढाव हुनु स्वभाविक नै मान्नुपर्ने उनीहरूको तर्क छ। 

बजार अहिले ‘स्टप लस हन्टिङ’ को अवस्थामा देखिएकाले त्यो पूरा हुनासाथ पुन: उचाइतर्फ लाग्ने केही विश्लेषकहरूको तर्क छ। त्यसैले बजारमा खेलोफड्को गर्ने हरेकको आफ्नै शैली हुने भए पनि धैर्यता सबैभन्दा महत्वपूर्ण छ।

‘स्टप लस हन्टिङ’मा हो सेयर बजार? उच्च बिन्दुतर्फ बढ्छ या मोडिन्छ? ‘स्टप लस हन्टिङ’मा हो सेयर बजार? उच्च बिन्दुतर्फ बढ्छ या मोडिन्छ?


प्रकाशित : बुधबार, भदौ २६ २०८११५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend