आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

सामसङको भारतीय फ्याक्ट्रीमा मजदुर आन्दोलन

images
बुधबार, भदौ २६ २०८१
images
सामसङको भारतीय फ्याक्ट्रीमा मजदुर आन्दोलन

चाडपर्वको मुखमै कर्मचारी आन्दोलनमा उत्रिँदा उत्पादन प्रभावित भएकोमात्र होइन सिजनकै व्यापार प्रभावित हुने देखिएको छ।

images
images

काठमाडौं- दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङको भारतीय फ्याक्ट्रीका मजदुर हड्तालमा उत्रिएका छन्। सयौँ कर्मचारी तलब वृद्धिको माग गर्दै हड्तालमा उत्रिएका हुन्।

images
images
images

भारत तथा दक्षिण एसिया क्षेत्रका बजारलाई आपूर्ति गर्ने उद्देश्यले भारतको श्रीपेरूम्बुदुरमा खोलिएको फ्याक्ट्रीका मजदुर आन्दोलनमा उत्रिएका हुन्। यो आन्दोलनलाई दुर्लभ मानिएको छ।

images
images

मजदुर आन्दोलनमा उत्रिँदा उत्पादन नै प्रभावित भएको छ। यो आन्दोलनका कारण सामसङको मुख्य नेतृत्वसँगै राजनीतिक तहमै दबाब सिर्जना भएको छ। कम्तिमा ८ सय कर्मचारी आन्दोलनमा उत्रिएका छन्।

images
images

चाडपर्वको मुखमै कर्मचारी आन्दोलनमा उत्रिँदा उत्पादन प्रभावित भएकोमात्र होइन सिजनकै व्यापार प्रभावित हुने देखिएको छ।

केही समय पहिले सामसङको मुख्यालयमै ट्रेड युनियनले सेवा सुविधा वृद्धिको माग गर्दै आन्दोलन गरेको थियो। ३६ हजार ५ सय सदस्य रहेको युनियनले जुलाइ र अगस्टमा केही दिन आन्दोलन गरेको थियो।


प्रकाशित : बुधबार, भदौ २६ २०८११३:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend