सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

दुई अर्बको लागतमा भाटभटेनीको २९ औँ शाखा चितवनको टाँडीमा बन्ने, फिलिम हल, फुड कोर्टदेखि प्ले ग्राउन्डसम्म

images
बुधबार, भदौ २६ २०८१
images
दुई अर्बको लागतमा भाटभटेनीको २९ औँ शाखा चितवनको टाँडीमा बन्ने, फिलिम हल, फुड कोर्टदेखि प्ले ग्राउन्डसम्म

नयाँ शाखामा ५ सय जनाले रोजगारी पाउने छन्। योसँगै चितवनमा भाटभटेनीको दुईवटा शाखा हुने छ। यसअघि चितवनको भरतपुर बजारमा भाटभटेनी सञ्चालनमा आइसकेको छ।

images
images

काठमाडौं- व्यवसायी मीनबहादुर गुरुङले भाटभटेनी विस्तारको कामलाई निरन्तरता दिँदै आएका छन्।

images
images
images

गएको २४ गते पोखराको तालचोकमा २८ ‌औँ शाखा शिलान्यास गरेको तीन दिनमै गुरुङले चितनवको रत्ननगर नगरपालिका-३ टाँडीमा २९ औँ शाखा शिलान्यास गरेका हुन्। गुरुङले बुधबार भाटभटेनीको २९ ‌औँ शाखाको भवन निर्माणका लागि जगपूजा गरेका छन्।

images
images

टाँडीमा निर्माण हुने भाटभटेनीको २९ औँ शाखा ३ लाख ३२ हजार स्क्यावर फिटमा निर्माण हुने गुरुङले जनकारी दिए।

images
images

शाखा निर्माण क्षेत्रको कुल क्षेत्रफल दुई बिगाहा रहेको छ। २९ औँ शाखामा फिलिम हल, फुड कोर्ड र बालालिका लागि खेल मैदान क्षेत्रसमेत निर्माण हुने छ। भवन वेसमेन्टसहित ७ तलाको हुने छ।

भवन निर्माणको लगानी दुई अर्ब रुपैयाँ लगानी हुने गुरुङले जानकारी दिए। यो शाखा १२ देखि १४ महिनामा सञ्चालनमा आउने उनले बताए।

tandi bhatbhateni.jpg

नयाँ शाखामा ५ सय जनाले रोजगारी पाउने छन्। योसँगै चितवनमा भाटभटेनीको दुईवटा शाखा हुने छ। यसअघि चितवनको भरतपुर बजारमा भाटभटेनी सञ्चालनमा आइसकेको छ।

नियमित रुपमा शाखा विस्तारको काम भएको गुरुङको भनाइ छ। अहिले काठमाडौं, ललितपुर, भक्तपुर, भरतपुर, बुटवल, नेपालगञ्ज, विराटनगर, जनकपुर, वीरगञ्ज सहरमा भाटभटेनी विस्तार भइसकेको छ।


प्रकाशित : बुधबार, भदौ २६ २०८११२:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend