शनिबार, असोज ५ गते २०८१    
images
images

बैंकिङ प्रणालीमा अधिक तरलता भएसँगै ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

images
बुधबार, भदौ २६ २०८१
images
images
बैंकिङ प्रणालीमा अधिक तरलता भएसँगै ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
images
images

काठमाडौं- ४० अर्ब रुपैयाँ तरलता प्रशोचनका लागि राष्ट्र बैंकले बोलपत्र आह्वान गरेको छ। २१ दिने निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले उक्त तरलता प्रशोचन गर्न लागेको हो।

images
images
images

बुधबार दिउँसो ३ बजेसम्म बैंक वित्तीय संस्थाहरूले उक्त बोलकबोलमा सहभागी हुन पाउने राष्ट्र बैंकले जनाएको छ। 

अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल आउन नदिन राष्ट्र बैंकले प्रणालीमा भएको तरलता प्रशोचनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिचिरहेको छ। 

प्रणालीमा अधिक तरलता भएकै समयमा सरकारले समेत दीर्घकालीन ऋणपत्रमार्फत आन्तरिक ऋण उठाइरहेको छ। भदौ २३ गते राष्ट्र बैंकले आह्वान गरेको १ खर्बको बोलकबोलमा ब्याजदर कम पाएपछि बैंक वित्तीय संस्थाले उपकरण खरिद गरेका थिएनन्। 

images

स्थायी निक्षेप सुविधामा राष्ट्र बैंकले ३ प्रतिशत ब्याजदर दिइरहेको भएपनि उक्त निक्षेप संकलन उकपरणको औषत ब्याजदर करिब २.९५ प्रतिशत ब्याजदर निर्धारण भएपछि बैंक वित्तीय संस्थाहरूले स्थायी निक्षेप सुविधामा निक्षेप जम्मा गरेका थिए। स्थायी निक्षेप सुविधामा राष्ट्र बैंकले ३ प्रतिशत ब्याजदर दिइरहेको छ। 

चालु आर्थिक वर्षको भदौ महिनामा कर्जा प्रवाह भने बढेको छ। साउनमा २ अर्बमात्रै कर्जा प्रवाह भएकोमा भदौ लागेसँगै करिब ३२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। कर्जा प्रवाहकै हाराहारीमा निक्षेप पनि संकलन भइरहेका बैंकिङ प्रणालीमा करिब ७ खर्ब २२ अर्ब रुपैयाँ अधिक लगानीयोग्य रकमसमेत रहेको छ। 

पछिल्लो समय कर्जाको ब्याजदर घटेर एकल अंकमा आएसँगै कर्जा लिने क्रम बढेको छ। यद्यपी पछिल्लो समय सेयर बजार चलायमान भएसँगै बैंकिङ प्रणालीबाट मार्जिन कर्जा लिनेक्रम समेत बढेको बैंक वित्तीय संस्थाहरूले बताउने गरेका छन्। 


प्रकाशित : बुधबार, भदौ २६ २०८१११:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend