शनिबार, असोज ५ गते २०८१    
images
images

हीरापाटाका एकसय ५० घरमा धारा जडान, तीन करोड ९५ लाख रूपैयाँ खर्च

images
बुधबार, भदौ २६ २०८१
images
images
हीरापाटाका एकसय ५० घरमा धारा जडान, तीन करोड ९५ लाख रूपैयाँ खर्च
फाइल तस्बिर

योजना सम्पन्न भइ सञ्चालनमा आएसँगै एकसय ५० घरका सातसय ९५ जना प्रत्यक्ष लाभान्वित भएका छन्।

images
images

स्याङ्जा- पुतलीबजार नगरपालिका-१३ हीरापाटाका एकसय ५० घरमा ‘एक घर-एक धारा’ योजनाअन्तर्गत धारा जडान गरिएका छन्।

images
images
images

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख हरिप्रसाद तिमिल्सिनाका अनुसार लामो समयदेखि खोल्सा तथा कुवाको पानी प्रयोग गर्दै आएका स्थानीयका घरमा गरिएको हो। दरौँखोला किनारको मूलबाट पानी तानेर वितरण गरिएको हो।

'संघीय सरकारअन्तर्गत आव २०७४/७५ मा निर्माण सुरु भएको उक्त आयोजना कार्यान्वयनका लागि गण्डकी प्रदेशमा हस्तान्तरण भइ आएको थियो', उनले भने, 'निर्माण सुरु भएदेखि क्रमिकरूपमा निर्माण सम्पन्न हुँदाको समयसम्म झन्डै चार करोड रूपैयाँ खर्च भएको छ।'

संघीय सरकारबाट विनियोजन भएको तीन करोड ५४ लाख रूपैयाँ र स्थानीयको जनश्रमदान ४१ लाख रूपैयाँ गरी तीन करोड ९५ लाख रूपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो।

images

'सञ्चालनमा आएको खानेपानी आयोजना गुणस्तर तथा शुद्धीकरणको नमूनाका रूपमा रहेको छ', उनले भने, 'पानी शुद्धीकरणका लागि फिल्टरलगायत उपकरण जडान गरिएको छ।'

निर्माण सुरु भएको सात वर्षपछि धारामा पानी आउँदा स्थानीयमा खुशी छाएको छ।

योजना सम्पन्न भइ सञ्चालनमा आएसँगै हीरापाटा, न्यौपाने थर, जामुने, देउराली, लौके, बगैँचा, मान्केस्वाँरा, भैरवथानका एकसय ५० घरका सात सय ९५ जना प्रत्यक्ष लाभान्वित भएका छन्। रासस


प्रकाशित : बुधबार, भदौ २६ २०८१११:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend