आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

वैदेशिक रोजगारीमा इटाली र क्यानडा पठाइदिने भन्दै १ करोड ७४ लाख ठगी गर्ने दुईजना पक्राउ

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ २६ २०८१
images
वैदेशिक रोजगारीमा इटाली र क्यानडा पठाइदिने भन्दै १ करोड ७४ लाख ठगी गर्ने दुईजना पक्राउ

पक्राउ परेका दुवैजनालाई आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

images
images

काठमाडौं- वैदेशिक रोजगारमा इटाली तथा क्यानडा पठाइदिने भन्दै विभिन्न व्यक्तिहरूबाट १ करोड ७४ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

images
images
images

पक्राउ पर्नेमा डडेलधुराको नवदुर्गा गाउँपालिका-४ घर भइ हाल काठमाडौं महानगरपालिका-२९ अनामनगर बस्ने ३४ वर्षीय कर्णसिंह साउद तथा रोल्पाको माडी गाउँपालिका-१ जवाड घर भइ हाल कलंकी बस्ने २९ वर्षीय रणबहादुर घर्ती रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

images
images

उनका अनुसार साउदले इटाली पठाउने भन्दै आठ जनाबाट ९ लाख तथा घर्तीले शिवराम थापासमेत आठ जनालाई क्यानडा पठाउने भन्दै पीडितहरूबाट पटकपटक गरी १ करोड ६५ लाख रकम लिइ सम्पर्कविहीन भएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।

images
images

साउदलाई मंगलबार काठमाडौं महानगरपालिका-२८ बागबजार तथा रणबहादुर घर्तीलाई काठमाडौं महानगरपालिका-१६ वनस्थलीबाट सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

पक्राउ परेका दुवैजनालाई आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।


प्रकाशित : बुधबार, भदौ २६ २०८११०:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend