काठमाडौं- मंगलबार सुन तथा चाँदीको मूल्य बढेको छ। सोमबारको तुलनामा सुन तोलामा ३ सय रुपैयाँ र चाँदी १० रुपैयाँ बढेको हो।
सोमबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबारका लागि ९१ हजार ६ सय रुपैयाँ तोकिएको छ।
त्यस्तै मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ३० रुपैयाँ कायम भएकडो छ। सोमबार चाँदी प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।