शनिबार, असोज ५ गते २०८१    
images
images

मेस्से फ्राङफर्टमा अटोमेकानिका २०२४ सुरु, नेपाली व्यवसायीहरु पनि सहभागी

images
मंगलबार, भदौ २५ २०८१
images
images
मेस्से फ्राङफर्टमा अटोमेकानिका २०२४ सुरु, नेपाली व्यवसायीहरु पनि सहभागी

मेस्से फ्राङफर्ट संसारको पुरानो तथा ठूलो व्यापार मेला, सम्मेलन र इभेन्ट आयोजक हो। यसको आफ्नै विश्वस्तरीय प्रदर्शनी कक्ष रहेको छ।

images
images

काठमाडौं- जर्मनीको फ्राङफर्टमा हुँदै आएको अटोमेकानिका २०२४ आजबाट सुरु भएको छ। संसारको सबैभन्दा पुरानोमध्येको प्रदर्शनी आयोजक मेस्से फ्राङफर्टले आयोजना गरेको अटोमेकानिका मंगलबारबाट सुरु भएको हो।

images
images
images

संसारको ठूलोमध्येको व्यापार मेला भएकाले नेपाली व्यवसायीहरुले मेस्से फ्राङफर्टमा सहभागी भएर लाभ लिन सक्नेछन्।

मेस्से फ्राङफर्टको नेपालमा आधिकारिक कार्यालय ‘मेस्से फ्राङफर्ट नेपाल’ नै रहेको छ। २०१४ देखि नै मेस्से फ्राङफर्ट नेपालले यहाँबाट मेस्से फ्राङफर्टमा सहभागी हुन सहजीकरण गर्दै आएको छ। 

मेस्से फ्राङफर्ट संसारको पुरानो तथा ठूलो व्यापार मेला, सम्मेलन र इभेन्ट आयोजक हो। मेस्से फ्राङफर्टको आफ्नै विश्वस्तरीय प्रदर्शनी कक्ष रहेको छ। करिब ८ सय वर्षदेखि मेस्से फ्राङफर्टले फ्राङफर्टमै र विश्वका विभिन्न देशमा व्यापार मेला आयोजना गर्दै आइरहेको छ। 

images

अटोमोटिभदेखि लजिस्टिक, गार्मेन्टदेखि संगीत, उर्जा दक्षतादेखि सुरक्षा र घरदेखि सौन्दर्यतासम्मका व्यापार मेलाहरु मेस्से फ्राङफर्टमा आयोजना हुँदै आएको छ। संसारभरका सयौँ उत्पादक कम्पनी, व्यवसायी, नीति निर्माता, सेवा प्रदायक तथा उपभोग्य वस्तुसँग सम्बन्धित क्षेत्रको एकै ठाउँमा सहभागीता हुने भएकाले यसले एकैपटक सबैले लाभ लिन सक्छन्। 

मेस्से फ्राङफर्टले आयोजना गर्ने व्यापार मेलामध्ये अटोमेकानिका महत्वूपूर्ण मेला हो। अटोमेकानिका : अन्तर्राष्ट्रिय अटोमोटिभ आफ्टरमार्केट, विश्वकै आकर्षक र नवीनतम व्यापार मेला हो। अटोमेकानिका नेतृत्वदायी व्यापार मेलाको ब्रान्ड नै हो। मेस्से फ्राङफर्टले अटोमेकानिका फ्राङफर्टका साथै विश्वक १४ स्थानमा गर्दै आएको छ।

Messe-Frankfurt.jpg

अटोमेकानिकाले उत्पादन उद्योग, रिपेयर सप र अटोमोटिभ व्यापारलाई एकै ठाउँमा भेला पारेर छलफल, बहस र व्यापारको अवसर प्रदान गर्दै आएको छ। यसले अटोमोटिभ आफ्टरमार्केटको भ्यालु चेन निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। 

यो वर्षको अटोमेकानिका फ्राङफर्टमा ८० देशका करिब ४ हजार २ सय प्रदर्शकहरुको सहभागिता रहेको छ। अटोमोटिभ आफ्टरमार्केटको भ्यालु चेन बनाउने यो मेला १० देखि १४ सेप्टेम्बर २०२४ सम्म जर्मनीको फ्राङफर्टमा जारी हुनेछ। विश्वभरका उत्पादक र उपभोक्ताबीच नवीनतम प्रविधि, उत्पादन र नेटवर्किङका स्थापित गराउन मेस्से फ्राङफर्टले भूमिका निर्वाह गर्दै आएको छ।

मेस्से फ्राङफर्टले फ्राङफर्टपछि अटोमेकानिका चीनको सांघाईमा आयोजना गर्दैछ। अटोमेकानिका सांघाई (सांघाई इन्टरनेसनल ट्रेड फर अटोमोटिभ पार्टस, इक्युपमेन्ट एन्ड सर्भिस सप्लायर्स) यही वर्षको डिसेम्बरमा आयोजना हुनेछ। अटोमेकानिका सांघाईको २०औँ वर्ष पूरा भएको अवसरमा २०२४ को डिसेम्बर २ देखि ५ सम्म मेला आयोजना हुनेछ। 

चीनको सांघाई स्थित नेसनल एक्निबिसन एन्ड कन्भेन्सन सेन्टरमा अटोमेकानिका सांघाई हुनेछ। अटोमेकानिका सांघाईमा १४ देशका ६ हजार ५ सय प्रदर्शकहरुले सहभागिता जनाउँदै छन्। 

अटोमेकानिकामा पार्टस एन्ड कम्पोनेन्टस्, न्यू इनर्जी एन्ड कनेक्टिभिटी, इलेक्ट्रिक एन्ड इलेक्ट्रिोनिक्स, डाइग्नोस्टिक एन्ड रिपेयर/बडी एन्ड पेन्ट, एसोसिरिज, कस्टमाइजिङ, टायर एन्ड ह्वील, डिजिटल सोलुसन तथा सर्भिससम्बन्धी उत्पादनहरु प्रदर्शनीमा राखिने छन्। 

अटोमेकानिकामा सहभागी हुनेहरुले विभिन्न लाभ हासिल गर्न सक्छन्। सहभागी हुनेहरुले उत्पादक कम्पनीसँग आफूलाई चाहिने सामाग्रीबारे प्रत्यक्ष बुझ्न सकिने, नयाँ बजार र अवसरको ढोका खुल्ने, उत्पादन र सप्लायर्स बारे नजिकबाट बुझ्न सकिने, अटोमोटिभ क्षेत्रबारेमा बृहत्तर ज्ञान हासिल गर्न सकिन्छ। 

विभिन्न सप्लायर्सबाट आपूर्ति हुँदै आएको उत्पादन र अटोमेकानिकामा भएका उत्पादनको गुणस्तर बुझ्न सजिलो हुनेछ। प्रत्यक्ष रुपमा उत्पादकसँग डिल हुने भएकाले प्रतिस्पर्धी मूल्यमा सामाग्री पाउने अवसरसमेत अटोमेकानिकाले प्रदान गर्नेछ। यसका साथै अटोमोटिभ आफ्टरमार्केटको पछिल्लो ट्रेन्ड र प्रविधि बारेसमेत जानकारी पाइनेछ। 

नेपालबाट पनि मेस्से फ्राङफर्ट तथा मेस्से फ्राङफर्टले विभिन्न देश तथा सहरमा आयोाजना गर्ने प्रदर्शनीमा व्यवसायीहरुको सहभागिता जनाउँदै आएको मेस्स फ्राङफर्ट नेपालले जनाएको छ। यसबाट नेपाली व्यवसायीले राम्रै अवसर र एक्सपोजर पाइरहेका छन्।


प्रकाशित : मंगलबार, भदौ २५ २०८११७:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend