आइतबार, असोज २० गते २०८१    
images
images

रुग्ण आयोजनाको व्यवस्थापन गर्न अध्ययन भइरहेको छ : पूर्वाधारमन्त्री दाहाल

images
मंगलबार, भदौ २५ २०८१
images
images
रुग्ण आयोजनाको व्यवस्थापन गर्न अध्ययन भइरहेको छ : पूर्वाधारमन्त्री दाहाल

सवारी चालक अनुमतिपत्र वितरणमा समस्या भएको स्वीकार गर्दै उनले समाधानका लागि मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको बताए।

images
images

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रुग्ण आयोजनाका समस्या समाधान गर्नु आफ्नो मन्त्रालयको  प्राथमिकता भएको बताएका छन्।

images
images
images

राष्ट्रियसभामा विभिन्न मितिमा सांसदहरुले उठाएका प्रश्नको मंगलबार जवाफ दिने क्रममा उनले रुग्ण ठेक्का व्यवस्थापन गर्न आफू नेतृत्वको मन्त्रालयबाट सहसचिवको संयोजकत्वमा अध्ययन भइरहेको बताए।

त्यस्ता आयोजनाको समस्या समाधानका लागि सुझाव दिन निर्माण व्यवसायी महासंघलाई पनि अनुरोध गरिएको उल्लेख गर्दै मन्त्री दाहालले अध्ययन प्रतिवेदन प्राप्त भएपछि आवश्यक निर्णय हुने जानकारी दिए।

images

देशभर करिब पाँच हजार किलोमिटर सडक मर्मतका क्रममा रहेका जानकारी दिँदै उनले सबै सडकलाई खाल्डाखुल्डीरहित बनाउने योजना सुनाए। सवारी चालक अनुमतिपत्र वितरणमा समस्या भएको स्वीकार गर्दै मन्त्री दाहालले समाधानका लागि मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको बताए।

images

चाँडै नै सवारी चालक अनुमतिपत्र प्रदेशस्तरबाट नै वितरण गरिने जानकारी उनले दिए।

साथै उनले प्रधानमन्त्रीका तर्फबाट महान्यायाधिवक्ताको प्रतिवेदन २०७९/८० पनि पेस गरे। रासस


प्रकाशित : मंगलबार, भदौ २५ २०८११७:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend