आइतबार, मंसिर ९ गते २०८१    
images
images

विदेशी काठ आयात प्रतिस्थापनमा सांसदहरुको जोड

images
मंगलबार, भदौ २५ २०८१
images
images
विदेशी काठ आयात प्रतिस्थापनमा सांसदहरुको जोड

'हामी कृषिप्रधान मुलुक भन्छौँ तर कृषिजन्य वस्तु आयात गरेर मुलुक कहिले धनी बन्छ? कृषि उत्पादन बढाउन सरकारले जोड दिनुपर्छ।'

images
images

काठमाडौं- सांसदहरुले स्वदेशी काठको उत्पादन बढाएर विदेशी काठ प्रतिस्थापनमा जोड दिएका छन्।

images
images
images

आज बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै सांसदहरुले मुलुकको आर्थिक विकासका लागि काठलगायत वन पैदावारको आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिएका हुन्।

images

बैठकको विशेष समयमा बोल्दै सांसद नारायणदत्त मिश्रले मुलुकमा वन र कृषिविज्ञ भए पनि देशमा कृषि उपज तथा काठ आयात भइरहेको उल्लेख गरे। उनले कृषि तथा वनपैदावार आयात प्रतिस्थापन गर्दै निर्यात प्रवर्द्धनमा जोड दिनुपर्ने बताए।

images

'हामी वनजंगलको धनी मुलुक भन्छौँ, वनमा बुढा काठ सडाएर विदेशबाट काठ ल्याउनु उपयुक्त होइन। तसर्थ स्वदेशी जंगलका काठ व्यवस्थापन गरेर विदेशी काठ आयात प्रतिस्थापन गर्नुपर्छ,' उनले भने, 'हामी कृषिप्रधान मुलुक भन्छौँ तर कृषिजन्य वस्तु आयात गरेर मुलुक कहिले धनी बन्छ? कृषि उत्पादन बढाउन सरकारले जोड दिनुपर्छ।'

यसैगरी, उनले विदेशी ऋण मुलुकको आवश्यकताका आधारमा मात्रै लिनुपर्ने बताए। मिश्रले निःशुल्क शिक्षा र निःशुल्क स्वास्थ्य सेवा उपलब्ध हुनुपर्नेमा जोड दिए।

सांसद तुलसाकुमारी दाहालले नालापानीको युद्धमा विगतमा मुलुकलाई जोगाउने नेपालीको बहादुरीको प्रशंसा गरिन्।

सांसद झक्कुप्रसाद सुवेदीले ठूला शक्तिशाली पार्टीसँगसँगै सरकारमा बसेको संसदीय दलमा अहिलेसम्म कुनै ‘रेकर्ड’ नभएको भन्दै यी ठूला दलले मात्रै संविधान संशोधन गर्नुपर्नेमा जोड दिनु गम्भीर विषय भएको बताए।

'यो संविधान धेरैको बलिदानबाट आएको हो, यो संविधान नेपाली जनताको घर हो,' उनले भने, 'तसर्थ दुई ठूला पार्टीले मात्रै संविधान संशोधन गर्न सक्दैन, यो कदापि मिल्दैन।' रासस


प्रकाशित : मंगलबार, भदौ २५ २०८११६:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend