बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

एनएलजी इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई जारी गर्न लागेको हकप्रद सेयरमा किन गर्‍यो संशोधन?

मंगलबार, भदौ २५ २०८१
एनएलजी इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई जारी गर्न लागेको हकप्रद सेयरमा किन गर्‍यो संशोधन?

यसअघि ६६ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको कम्पनीले अब ६२.५६ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ।

काठमाडौं- एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई दिने हकप्रद सेयर संशोधन गरेको छ। यसअघि ६६ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको कम्पनीले अब ६२.५६ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ।

कम्पनीले तात्कालिक कायम रहेको १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ चुक्तापुँजीको आधारमा ६६ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव २०८० साउन १५ गते सम्पन्न विशेष साधारण सभाबाट पारित गरेको थियो।

सोही निर्णयबमोजिम कम्पनीले २०८० कात्तिक २ गते ६६ प्रतिशत हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन पेस गरेको थियो।

बोर्डबाट स्वीकृति प्राप्त नहुँदै २०८० फागुन ३ गते सम्पन्न १८औँ वार्षिक साधारणसभाबाट १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रूपैयाँको आधारमा ५ दशमलव ५० प्रतिशत बोनस सेयर पारित भइ उक्त बोनस सेयर अवतरणपछि १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार ९५८ रूपैयाँ चुक्तापुँजी कायम भएको छ।

भदौ २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पूर्व निर्णय पुनरावलोकन गरी हाल कायम चुक्तापुँजीको आधारमा ६२.५६ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो।

प्रस्तावित हकप्रद सेयर नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि बोर्डमा निवेदन प्रक्रिया अघि बढ्नेछ।


प्रकाशित : मंगलबार, भदौ २५ २०८११५:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend