सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

‘संसद्‌मा प्रश्न उठेपछि उपसभामुखले राजीनामा दिएर मार्गप्रशस्त गर्नु उपयुक्त हुन्छ’

images
मंगलबार, भदौ २५ २०८१
images
‘संसद्‌मा प्रश्न उठेपछि उपसभामुखले राजीनामा दिएर मार्गप्रशस्त गर्नु उपयुक्त हुन्छ’

उनले भने, 'राजीनामा गरेर छानबिनमा सहयोग गरेमा के फरक पर्छ? प्रश्न उठ्नु र जवाफदेहिताको माग गर्नु लोकतन्त्र विरोधी कुरा होइन।'

images
images

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद गोकुलप्रसाद बास्कोटाले उपसभामुखमाथि संसद्‌मा प्रश्न उठिसकेकाले राजीनामा गरेर मार्गप्रशस्त गर्न सुझाव दिएका छन्।

images
images
images

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले असम्बन्धित व्यक्तिलाई अमेरिका पठाएको विषयमा सदनमा पटक-पटक प्रश्न उठेकाले उपसभामुखले नैतिकताका आधारमा राजीनामा दिनु उपयुक्त हुने बताए।

images
images

सांसद बास्कोटाले आफूमाथि प्रश्न उठेपछि पदबाट राजीनामा दिएको स्मरण गराउँदै राजनीतिकर्मीमा त्यत्तिको साहस हुनुपर्ने बताए। उनले भने, 'राजीनामा गरेर छानबिनमा सहयोग गरेमा के फरक पर्छ? प्रश्न उठ्नु र जवाफदेहिताको माग गर्नु लोकतन्त्र विरोधी कुरा होइन। व्यक्तिको पदीय दायित्व र आचारणमाथि प्रश्न उठिसकेपछि त्यसलाई गलत प्रमाणित गर्न सक्नुपर्छ, सबैका निम्ति पारदर्शिता अपनाउन राजीनामा दिएर सहयोग गरे उपयुक्त हुन्छ।'

images
images

सांसद बास्कोटाले वर्तमान सरकार ‘समृद्ध नेपाल र सुखी नेपालको राष्ट्रिय आकांक्षा’ पूरा गर्ने दिशामा अगाडि बढेको भन्दै उनले आत्मनिर्भर अर्थतन्त्र, कृषिको आधुनिकीकरण र औद्योगिकीकरण प्राथमिकतामा रहेका बताए।

साथै उनले नीतिगत सुधारका माध्यमबाट निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। रासस


प्रकाशित : मंगलबार, भदौ २५ २०८११५:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend