सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

नवीन अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई प्रधानमन्त्रीको आग्रह

images
मंगलबार, भदौ २५ २०८१
images
नवीन अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई प्रधानमन्त्रीको आग्रह

सभाले आर्थिक वर्ष २०८१/०८२ का लागि ५० करोड ६८ लाख ३९ हजार रूपैयाँको बजेटसहितका कार्यक्रम स्वीकृत गरेको छ।

images
images

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धिका लागि नवीन अनुसन्धानमा जुट्न वैज्ञानिकहरुलाई आग्रह गरेका छन्।

images
images
images

प्रधानमन्त्री निवासमा आज आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को ४७ औँ प्राज्ञसभामा नाष्टका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले रासायनिक मल र कीटनाशक औषधिको प्रयोगका कारण देशभरको माटो रुग्ण भएकाले यसलाई कसरी उपचार गर्न सकिन्छ भन्नेमा अनुसन्धान गर्न आग्रह गरेका हुन्।

images
images

प्रधानमन्त्रीले सागसब्जी उत्पादनमा विषादीयुक्त कीटाणु कसरी रोक्ने र चाहिने कीटाणु कसरी कायम राख्ने भन्ने विषयमा अनुसन्धान भएमा उत्पादन र उत्पादकत्व वृद्धिमा सहयोग पुग्ने बताए।

images
images

प्रधानमन्त्री ओलीले भने, 'आफूूलाई जे मन लाग्यो त्यसमा भन्दा पनि देशको आवश्यकताअनुसार अनुसन्धान होस्। कृषि क्षेत्रको अनुसन्धानका लागि कृषि अनुसन्धान परिषद् (नार्क) जस्ता संस्थासँग सहकार्य होस्। सुशासन कायम गर्ने कामको नेतृत्व म गर्छु, तपाई वैज्ञानिकबाट नयाँ खोज र अनुसन्धान गरेर मुलुकको परिवर्तनमा योगदान गर्न मेरो आग्रह छ।'

'ज्ञान, विज्ञान र योगको उद्गम भूमि नेपाल विकासका दृष्टिले पछाडि परेको छ। अरुले ढुंगा हानेर सिकार गर्दै गरेको अवस्थामा हामीले पशुपालनको युग सुरु गरिसकेका थियौँ। अब ‘ग्रिन हाइड्रोजन'को प्रयोग र अन्तरिक्षको ‘अर्बिट'मा आफ्नै ‘सेटलाइट' राख्नेतर्फ ध्यान दिन सक्नुपर्छ। भूकम्पको पूर्वसूचना प्रणालीलाई स्थापित गरेर जानुपर्छ', प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले सिद्धान्त र दर्शनका आधारमा नभए पनि प्रयोग र अभ्यासका हिसाबले हाम्रा पुर्खाले सुरु गरेका आयुर्वेद, ध्वनि विज्ञानलगायत क्षेत्रमा गरेका विकासको स्मरण गर्दा आत्मबल वृद्धि हुने बताए।

सभाले आर्थिक वर्ष २०८१/०८२ का लागि ५० करोड ६८ लाख ३९ हजार रूपैयाँको बजेटसहितका कार्यक्रम स्वीकृत गरेको छ।

सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलगायत सहभागी सभामा प्रतिष्ठानका उपकुलपति प्राडा दीलिप सुब्बाले विज्ञान, प्रविधि र नवप्रवर्तनलाई सरकारले समृद्धिको आधार मानेकामा त्यसको प्रशंसा गरे। रासस


प्रकाशित : मंगलबार, भदौ २५ २०८११५:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend