शुक्रबार, असार २० गते २०८२    
शुक्रबार, असार २० २०८२
images
images

नेपालमा लगानी बढाउने आईएफसीको प्रतिबद्धता

images
मंगलबार, भदौ २५ २०८१
images
images
नेपालमा लगानी बढाउने आईएफसीको प्रतिबद्धता

सो अवसरमा अर्थमन्त्री पौडेलले नेपालको अर्थतन्त्र सुधारका लागि थप लगानी आवश्यक रहेको बताउँदै नेपालको प्राथमिकता र आवश्यकतालाई ध्यान दिएर लगानी विस्तार गर्न आग्रह गरेका थिए।

images
images

काठमाडौं- अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले नेपालमा लगानी विस्तारलाई तीव्रता दिने प्रतिबद्धता दोहोर्‍याएको छ।

images
images

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज अर्थ मन्त्रालयमा भएको भेटमा आईएफसीका दक्षिण एशिया क्षेत्रीय निर्देशक इमाद फाखौरीले आईएफसीले नेपालमा लगानी विस्तारलाई अझै तीव्रता दिने जानकारी दिएका छन्।

images
images

आईएफसीले गत वर्ष नेपालमा १० करोड अमेरिकी मिलियन अमेरिकी डलर लगानी गरेको थियो।

images
images
images

क्षेत्रीय निर्देशक फाखौरीले हरित ऊर्जा, रोजगारी वृद्धि र आर्थिक सहभागिता आईएफसीको प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले नेपालमा लगानी फराकिलो पार्न आफू र आफ्नो टिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।

सो अवसरमा अर्थमन्त्री पौडेलले नेपालको अर्थतन्त्र सुधारका लागि थप लगानी आवश्यक रहेको बताउँदै नेपालको प्राथमिकता र आवश्यकतालाई ध्यान दिएर लगानी विस्तार गर्न आग्रह गरेका थिए।

आईएफसीले लगानी गरेका कतिपय व्यापार नेपालमा निकै सफल भएका छन्। बुद्ध एयरदेखि निम्बससम्म यसको सफलताका उदाहरण हुन्। तर पछिल्लो समय वित्तीय स्रोतमा चाप पर्दा पनि यसमा चासो बढ्न सकेको छैन।

विनिमय दरमा हुने घटबढको जोखिमका कारण निजी क्षेत्रले वैदेशिक स्रोत परिचालनमा जान अझै सकेको छैन। 


प्रकाशित : मंगलबार, भदौ २५ २०८११४:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend