शनिबार, असोज ५ गते २०८१    
images
images

मधेस प्रदेशका ६ हजार हेक्टर वनक्षेत्र अतिक्रमित

images
मंगलबार, भदौ २५ २०८१
images
images
मधेस प्रदेशका ६ हजार हेक्टर वनक्षेत्र अतिक्रमित

वनको सुरक्षाका लागि वन सुरक्षा निकाय भए पनि उनीहरु आफ्नो कार्यक्षेत्रमा नगएको वनका कर्मचारी बताउँछन्।

images
images

जनकपुरमाम- मधेस प्रदेश सरकारद्वारा प्रस्तुत एक तथ्यांकमा प्रदेशका वनक्षेत्रमध्ये पाँच हजार ६ सय ९२ हेक्टरभन्दा बढी वन अतिक्रमण भएको जनाइएको छ।

images
images
images

वनका कर्मचारी तथा वनसँग सम्बन्धित सुरक्षा निकायको लापरबाही तथा कमिकमजोरीका कारण मधेस प्रदेशमा वन अतिक्रमण बढेको उल्लेख छ। वन कर्मचारीले सुविधा तथा लाभ लिने स्थानमात्र रोज्ने कारण वन अतिक्रमण बढेको जनगुनासोसमेत छ।

मधेस प्रदेश वन मन्त्रालयबाट प्राप्त विवरणअनुसार प्रदेशमा करिब दुई लाख दुई हजार दुईसय हेक्टर जमिन वनजंगलले ढाकेको छ, तर संरक्षण नहुँदा पाँच हजार ६ सय ९२ हेक्टर वनको जमिन अतिक्रमण भएको जनाइएको छ।

प्राप्त विवरणमा सप्तरीमा सात दशमलव २५ हेक्टर, सिरहामा नौ सय ९३ दशमलव १४० हेक्टर, धनुषामा आठ सय ७२ हेक्टर, महोतरीमा तीन सय २९ दशमलव ८० हेक्टर, सर्लाहीमा एक सय ६४ दशमलव ७८ हेक्टर, रौतहटमा तीन हजार एक सय ९० दशमलव ५४० हेक्टर, बारामा शून्य दशमवल ३४० हेक्टर तथा पर्सामा एक सय ३४ दशमलव ३२० हेक्टर वन अतिक्रमण भएको मन्त्रालयले जनाएको छ।

images

मधेस प्रदेशको कुल  क्षेत्रफलको २२ दशमलव आठ प्रतिशत वनको क्षेत्रफल रहेको छ। कुल वनक्षेत्रमध्ये ७१ हजार तीन सय ६९ हेक्टर वनको क्षेत्र पाँच सय ४ वटा सामुदायिक वनका रुपमा व्यवस्थापन हुँदै आएको छ।

४० लाख नौ सय १२ दशमलव ३३ हेक्टर वन १६ साझेदारी वनका रुपमा व्यवस्थापन भइरहेको छ। नेपालमा पूर्णरुपमा वनक्षेत्र नभएका एक सय पाँच स्थानीय तह छन्। जसमध्ये करिब ८० प्रतिशत मधेस प्रदेशमा रहेको छ।

मधेस प्रदेशका एक सय ३६ स्थानीय तहमध्ये ८९ मा वनक्षेत्र छैन। वनक्षेत्र भएका स्थानीय तहमध्ये पनि करिब तीन चौथाइ स्थानीयतहमा शुन्य दशमलव पाँच प्रतिशत भन्दा कम वनक्षेत्र रहेको विवरणमा उल्लेख छ।

वन संरक्षण, तथा अतिक्रमणका सम्बन्धमा भए/गरेका विभिन्न अध्ययनमा पहाड, तराई तथा भित्री मधेसका जिल्लामा विभिन्न राष्ट्रिय वन, सामुदायिक वन, साझेदारी वन, संरक्षित वन क्षेत्रका जमिन अतिक्रमण भएको बताइएको छ।

नेपाल सरकारद्वारा व्यवस्थापन गरिएको वनमा संरक्षणको काम मात्र गर्ने गरिएको, सरक्षणका नाममा वृक्षरोपण गरिएको भए पनि काठको अवैध वन कटानी, काठ दाउरा चोरी र वन डढेलो र चोरी सिकारी रोक्ने कार्यतर्फ ध्यान नदिएको विश्लेषकको भनाइ छ।

वनको सुरक्षाका लागि वन सुरक्षा निकाय भए पनि उनीहरु आफ्नो कार्यक्षेत्रमा नगएको वनका कर्मचारी बताउँछन्।

मधेस प्रदेश वन निर्देशनालयका प्रमुख जगन्नाथप्रसाद जयसवालले वन अतिक्रमण हटाउने कार्य योजनाबद्ध रुपमा अगाडि बढेको जानकरी दिए। वन अतिक्रमण हटाउने सम्बन्धमा जिल्लामा सूचना जारीसमेत गरिएको बताउँदै यसमा राजनीतिक सहयोग तथा प्रतिबद्धताको खाँचो रहेको बताए।

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिहंले वन अतिक्रमण हटाउने विषयमा सम्बन्धित जिल्लाका वन प्रमुखहरुलाई निर्देशनसमेत दिएको जानकारी दिए। रासस


प्रकाशित : मंगलबार, भदौ २५ २०८११४:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend