आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

बाढीले क्षति पुर्‍याएको झोलुंगे पुल पुनःनिर्माण

images
मंगलबार, भदौ २५ २०८१
images
बाढीले क्षति पुर्‍याएको झोलुंगे पुल पुनःनिर्माण

बाढीले गाउँपालिकाको तीनवटा झोलुंगे पुलमा क्षति पुगेको थियो। बाढीले क्षति पुर्‍याएको पुलमध्ये गाउँपालिकाकै स्रोतबाट चिण्डे र याङग्रीको पुल पुनःनिर्माण भइसकेको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिए।

images
images

सिन्धुपाल्चोक- यहाँको लार्के र इन्द्रावती नदीमा गत असार ३० मा आएको भीषण बाढीले पूर्णरुपमा क्षति पुर्‍याएको झोलुंगे पुल पुनःनिर्माण गरिएको छ।

images
images
images

पाँचपोखरी थाङ्पाल गाउँपालिका-३ भोताङ र वडा नं २ याङ्ग्री जोड्ने झोलुंगे पुल गत असार ३० गते इन्द्रावती नदीमा आएको बाढीले क्षति पुर्‍याएको थियो। बाढीले गाउँपालिकाको तीनवटा झोलुंगे पुलमा क्षति पुगेको थियो।

images
images

बाढीले क्षति पुर्‍याएको पुलमध्ये गाउँपालिकाकै स्रोतबाट चिण्डे र याङग्रीको पुल पुनःनिर्माण भइसकेको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिए। बाढीले क्षति पुर्‍याएको माकालमा भने मोटरेबल पुल निर्माण गर्न बोलपत्र आह्वान गर्ने तयारी गरिएको अध्यक्ष लामाले बताए।

images
images

वडा नं २ को याङ्ग्री, सुनचौर, डाले, ब्राथोर, रिपार लगायतका स्थानीय हिँड्नका लागि प्रयोग हुने एकमात्र झोलुंगे पुलमा क्षति पुगेपछि समस्या भएको स्थानीय केशाङ तामाङले बताए। तामाङका अनुसार विद्यार्थी, स्थानीय र धार्मिकस्थल आमायाङ्ग्री जाने पर्यटकलाई समस्या भएको थियो। 

पुलमा क्षति पुगेपछि संघ र प्रदेश सरकारलाई पटकपटक आग्रह गरेपनि सुनुवाइ नभएको गाउँपालिका अध्यक्ष लामाले बताए। कतैबाट सुनुवाइ नभए पछि गाउँपालिकाकै स्रोत र साधनबाट पुल पुनः निर्माणको प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ।

सो पुलमा विसं २०७८ असार १ गतेको बाढीलेसमेत क्षति पुर्‍याएको थियो। तत्कालीन अवस्थामा गाउँपालिकाले बजेट विनियोजन गरी पुल निर्माण गरिएको थियो। त्यसको तीन वर्ष नबित्दै पुनः बाढीले क्षति पुर्‍याएको हो।

एक सय ६२ मिटर लामो पुल ३४ लाख रूपैयाँ लागतमा पुनःनिर्माण गरिएको छ। त्यस्तै वडा नं १ र ६ जोड्ने चिण्डे ६५ मिटर लामो पुल १३ लाख रूपैयाँमा निर्माण गरिएको गाउँपालिकाले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, भदौ २५ २०८११४:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend