बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

११७ वर्षको इतिहासमा रोल्य रोयसले २०२१ मा बेच्यो सबैभन्दा धेरै कार

images
मंगलबार, पुस २७ २०७८
images
images
११७ वर्षको इतिहासमा रोल्य रोयसले २०२१ मा बेच्यो सबैभन्दा धेरै कार

रोल्स रोयसले २०२१ मा ५ हजार ५ सय ८६ वटा कार बिक्री गरेको हो। यो अघिल्लो वर्षको तुलनामा ४९ प्रतिशत धेरै हो।

images
images

काठमाडौं- विश्वको सबैभन्दा विलाशी कार निर्माता मध्येको एक रोल्स रोयसले २०२१ मा हालसम्मकै धेरै कार बिक्री गर्न सफल भएको छ।

images
images

जर्मन कार निर्माता कम्पनी बीएमडब्लूको स्वामित्वमा रहेको रोल्स रोयसले २०२१ मा ५ हजार ५ सय ८६ वटा कार बिक्री गरेको हो। यो अघिल्लो वर्षको तुलनामा ४९ प्रतिशत धेरै हो। 

images
images

कोरोना महामारीकै बीच रोल्स रोयसले आफ्नो १ सय १७ वर्से इतिहासमा पहिलोपटक वार्षिक बिक्री संख्या हालसम्मकै उच्च कामय गर्न सफल भएको रोयटर्सले लेखेको छ। रोल्स रोयसका कार विश्वका ५० भन्दा बढी देशमा बिक्री हुँदै आएको छ। 

images
images

विलाशी कारका उपभोक्ता उल्लेख्य रुपमा नबढेपनि भएका उपभोक्तलाई उनीहरुको आवश्यकता पूर्ति गर्नेगरि कार बनाउन सफल भइकाले सो संख्यामा बिक्री हासिल भएको रोल्स रोयसका सीईओ टोस्र्टन मुलरले बताएका हुन्। 

चीन र अमेरिकी क्षेत्रमा रोल्स रोयसका कारको माग २०२१ म हालसम्मको उच्च रहेको कम्पनीले जनाएको छ। 
२०२१ मा रोल्स रोयसको साथै बीएमडब्लूका कारको बिक्री समेत हालसम्मकै धेरै भएको हो। 


प्रकाशित : मंगलबार, पुस २७ २०७८०६:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend