आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

काभ्रेमा १५ लाख खर्चेर बीपी कोइरालाको सालिक निर्माण

images
मंगलबार, भदौ २५ २०८१
images
काभ्रेमा १५ लाख खर्चेर बीपी कोइरालाको सालिक निर्माण

बनेपा-सिन्धुली-बर्दिबास एकसय ६० किलोमिटर सडक पनि कांग्रेस नेता बीपी कोइरालाका नाममा राखिएको छ।

images
images

काभ्रेपलाञ्चोक- नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री बीपी कोइरालाको पूर्णकदको सालिक निर्माण भएको छ।

images
images
images

बीपी राजमार्गको प्रस्थान बिन्दुका रूपमा रहेको धुलिखेल नगरपालिका-६ स्थित जरणडाँडामा नेता कोइरालाको सालिक निर्माण भएको हो।

images
images

प्रतिमा निर्माण मूल समितिका संयोजक नेपाली कांग्रेसका जिल्ला सदस्य जितकृष्ण श्रेष्ठका अनुसार १५ लाख रूपैयाँको लागतमा ढलौटको सालिक बनेको हो।

images
images

पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकबाट चन्दा संकलन गरी सालिक निर्माण भएको संयोजक श्रेष्ठले जानकारी दिए।

आगामी असोज ५ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सालिक अनावरण गर्ने कार्यक्रम निर्धारण भएको नेपाली कांग्रेस काभ्रेपलाञ्चोक शाखाले जनाएको छ।

बनेपा-सिन्धुली-बर्दिबास एकसय ६० किलोमिटर सडक पनि नेता कोइरालाका नाममा राखिएको छ।

यो बाटोलाई बीपी राजमार्ग भनिन्छ। जापान सरकारको अनुदानमा बीपी राजमार्ग निर्माण भएको हो। रासस


प्रकाशित : मंगलबार, भदौ २५ २०८११२:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend