शनिबार, असोज ५ गते २०८१    
images
images

बैंकिङ प्रणालीमा ७ खर्ब २२ अर्ब अधिक तरलता, कर्जा प्रवाहले गति लिएसँगै अर्थतन्त्र सकारात्मक बन्ने संकेत

असोजमा कर्जाको ब्याजदर थप घट्ने

images
मंगलबार, भदौ २५ २०८१
images
images
बैंकिङ प्रणालीमा ७ खर्ब २२ अर्ब अधिक तरलता, कर्जा प्रवाहले गति लिएसँगै अर्थतन्त्र सकारात्मक बन्ने संकेत

राष्ट्र बैंकले नीतिगत दरलाई ५.५ प्रतिशतबाट ०.५ प्रतिशत आधार बिन्दुले घटाएर ५ प्रतिशत कायम गरेको छ। राष्ट्र बैंकले नीतिगत दर घटाएसँगै बैंक वित्तीय संस्थाहरूले पनि निक्षेपको ब्याजदर घटाएका छन्।

images
images

काठमाडौं- विगत लामो समयदेखि सुस्त रहेको कर्जा प्रवाह चालु आर्थिक वर्षको भदौ महिना लागेयता भने बढ्न थालेको छ।

images
images
images

बैंक वित्तीय संस्थाहरूको औषत ब्याजदर घटेर एकल अंकमा आउँदासमेत कर्जा प्रवाहले गति लिन सकेको थिएन। गत साउनमा २ अर्ब मात्रै कर्जा प्रवाह भएकोमा भदौको २२ दिनमा करिब २८ अर्ब कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

यस अवधिमा करिब २९ अर्बले निक्षेपसमेत बढेको छ। फलस्वरुप बैंक वित्तीय संस्थाहरूको औषत कर्जा निक्षेप अनुपात ७८.८५ प्रतिशतको सुविधाजनक अवस्थामा छ।

भदौ २३ गते बैंक वित्तीय संस्थाहरूले निक्षेप संकलन उकपरणमा करिब ५१ अर्ब ८० रुपैयाँ लगानी गरेका छन्। कर्जा निक्षेप अनुपातका आधारमा बैंक वित्तीय संस्थाहरूसँग करिब अझै ७ खर्ब २२ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको छ।

images

अन्तरबैंक ब्याजदर राष्ट्र बैंकले तोकेको निक्षेप संकलन दरभित्रै रहेको छ। जसले ब्याजदरतर्फको स्थायित्वलाई समेत देखाएको छ। हाल कायम भएको एकल अंकको ब्याजदरलाई केही समय जोगाएर कर्जा प्रवाह बढाउने मनस्थितिमा बैंक वित्तीय संस्थाहरू रहेको देखिन्छ।जसलाई राष्ट्र बैंकको मौद्रिक नीतिले पनि साथ दिएको छ।

राष्ट्र बैंकले नीतिगत दरलाई ५.५ प्रतिशतबाट ०.५ प्रतिशत आधार बिन्दुले घटाएर ५ प्रतिशत कायम गरेको छ। राष्ट्र बैंकले नीतिगत दर घटाएसँगै बैंक वित्तीय संस्थाहरूले पनि निक्षेपको ब्याजदर घटाएका छन्। 

निक्षेपको ब्याजदर घटाएसँगै असोजमा कर्जाको ब्याजदर थप घट्ने देखिन्छ। विगत ३ महिनाको औषत ब्याजदरका आधारमा बैंक वित्तीय संस्थाहरूले कर्जाको ब्याजदर निर्धारण गर्छन्। असार, साउन र भदौमा निक्षेपको ब्याजदर निरन्तररुपमा घटेकाले असोजमा पनि कर्जाको ब्याजदर घट्ने देखिएको हो। 

बैंक वित्तीय संस्थाहरूले निक्षेपको ब्याजदरका आधारमा कष्ट अफ फण्ड र आधार दर गणना गर्छन्। उक्त आधार दरमा प्रिमियम जोडेर बैंक वित्तीय संस्थाहरूले कर्जाको ब्याजदर निर्धारण गर्छन्। 

असोज महिनामा पनि निक्षेपको ब्याजदर बढ्ने सम्भावना न्यून देखिन्छ। कर्जा निक्षेप अनुपातमा दबाब पर्नसक्ने बैंक वित्तीय संस्थाहरूले मुद्दती निक्षेपको ब्याजदरलाई स्थिर राख्ने र कर्जा निक्षेप अनुपात सहज रहेका बैंक वित्तीय संस्थाहरूले ०.५ प्रतिशत आधार बिन्दुसम्म ब्याजदर घटाउने सुविधा छ। 

ब्याजदर तत्काल नबढ्ने संकेत सरकारी ऋणपत्रमा बैंक वित्तीय संस्थाहरूले गरेको लगानीले पनि देखाउँछ। सरकारले चालु आर्थिक वर्ष करिब ६० अर्ब रुपैयाँ आन्तरिक ऋण ४.९५ प्रतिशतले उठाएको छ। 

२३ गते राष्ट्र बैंकले जारी गरेको १ खर्बको निक्षेप संकलन उपकरणमा स्थायी तरलता सुविधाको भन्दा कम ब्याजदर पाएपछि बैंक वित्तीय संस्थाहरूले उक्त उकपरणमा लगानी नगरेर स्थायी तरलता सुविधामा नै निक्षेप राखेका छन्। राष्ट्र बैंकले गरेको बोलकबोलमा निक्षेप संकलन उपकरणको औषत ब्याजदर  २.९५ प्रतिशत कायम भएपछि बैंक वित्तीय संस्थाहरूले स्थायी सुविधा तरलता निक्षेप जम्मा गरेका हुन्। 

स्थायी निक्षेप संकलन उकपरणमा राष्ट्र बैंकले ३ प्रतिशत ब्याजदर दिन्छ। पछिल्लो समय कर्जाको माग बढ्न थालेकाले बैंक वित्तीय संस्थाले २१ दिनको सट्टामा ७ दिनका लागि निक्षेप संकलन उपकरणमा निक्षेप जम्मा गरेर कर्जा विस्तारलाई तीब्रता दिने रणनीतिसमेत लिएको देखिन्छ। 


प्रकाशित : मंगलबार, भदौ २५ २०८१११:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend