काठमाडौं- काठमाडौं-मुग्लिङ सडक खण्डमा आज सोमबार दिउँसो पहिरो आउँदा सडक अवरुद्ध भएको छ।
काठमाडौं-मुग्लिङ सडक खण्ड अन्तर्गत सुरुङमार्ग आसपासमा पहिरो आउँदा सडक अवरुद्ध भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले राससलाई जानकारी दिए।
उनले भने, 'पहिरो आउँदा सडक दुईतर्फी अवरुद्ध भएको छ, पहिरो पन्छाउने काम भएकाले बाटो पुन: सुरु गर्न केही घण्टा लाग्न सक्छ।' सडक अवरुद्ध हुँदा यात्रुहरु बीचबाटोमै रोकिएको प्रहरीले जनाएको छ। रासस