बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

भदौ २८ र २९ मा नेपाल युथ समिट हुने

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ २४ २०८१
images
भदौ २८ र २९ मा नेपाल युथ समिट हुने

युवा सरोकार, खेलकुदलगायत विभिन्न विषयहरूमा विषयगत छलफल गरी राष्ट्र निर्माणमा साझा संकल्पसहितको सातबुँदे घोषणापत्रसमेत जारी गर्ने राष्ट्र निर्माण मञ्च नेपालका अध्यक्ष निर्मल कुमार उप्रेतीले जानकारी दिए ।

images
images

काठमाडौं- स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले यही भदौं २८ र २९ गते काठमाडौंमा नेपाल युथ समिट (युवा सम्मेलन)आयोजना हुने भएको छ। 

images
images
images

राष्ट्र निर्माण मञ्च नेपालको आयोजनामा काठमाडौं चावहिलस्थित दुर्गा पार्टी भेन्युमा समिट आयोजना हुनेछ। समिटमा देशभरका करिब पाँच सय युवाको सहभागिता रहने कार्यक्रम संयोजक भुपेन्द्रजङ शाहीले जानकारी दिए । 

images
images

‘नेपाली युवाहरूलाई स्वदेशमै केही गर्न सकिन्छ र समुन्नत र समृद्ध नेपालको चाहनालाई पूरा गर्न युवाहरूको भूमिका अतुलनीय रहन्छ भन्ने कार्यक्रमको अभिप्राय हो । समिटको उद्देश्य भनेको समाजका बिभिन्न क्षेत्रका स्थापित र सक्षम युवाहरुको बृहत भेला, एकता र सहकार्यमार्फत, नयाँ  बिचार, युवाको क्षमता बिकास, साझा एजेण्डा, देशमै रोजगारी  सृजनाको बाताबरण, उधमशिलता र नवप्रवर्द्धन, समाजमा सकारात्मक परिवर्तन र राष्ट्र निर्माणको साझा सङ्कल्प गर्नु हो,’ संयोजक शाहीले भने । 

images
images

समिटमा विभिन्न क्षेत्रमा विशिष्ट भुमिका निर्वाह गरिरहेका युवाहरूले भाग लिने कार्यक्रम तय भएको छ। आर्थिक, समाजिक, सांस्कृतिक, राजनीतिक, उद्यमशीलता, आप्रवासन, युवा सरोकार, खेलकुदलगायत विभिन्न विषयहरूमा विषयगत छलफल गरी राष्ट्र निर्माणमा साझा संकल्पसहितको सातबुँदे घोषणापत्रसमेत जारी गर्ने राष्ट्र निर्माण मञ्च नेपालका अध्यक्ष निर्मल कुमार उप्रेतीले जानकारी दिए । 

दुई दिनसम्म चल्ने समिटमा फरक एजेन्डाहरुमा विभिन्न सत्रहरु चल्नेछन् । समिटमा चर्चित उद्योगी विनोद चौधरी, उद्योग वाणिज्य संघकी पूर्वअध्यक्ष भवानी राणा, बैंकर्स भरत ढकाल, चर्चित उद्यमी विदुषी राणा, बैंकर्स मनोज ज्ञवालीलगायत विभिन्न क्षेत्रका विज्ञहरु, युवा उद्यमीहरु, सामाजिक अभियन्ताहरु, जनप्रतिनिधिहरु वक्ताको रुपमा रहने आयोजकले जनाएको छ ।


प्रकाशित : सोमबार, भदौ २४ २०८११८:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend