सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

जीर्ण बन्दै चिसापानी-सोल्टा सडक

images
सोमबार, भदौ २४ २०८१
images
जीर्ण बन्दै चिसापानी-सोल्टा सडक

सुदूरपश्चिमको अछामसहित कर्णालीका आधा दर्जन जिल्ला पुग्न छोटो दुरीका रूपमा प्रयोग गरिने सोल्टा सडक जीर्ण बन्दै गएको छ।

images
images

घोडाघोडी- कैलालीको कर्णाली चिसापानी सोल्टा सडक जीर्ण बन्दै गएको छ। सुदूरपश्चिमको अछामसहित कर्णालीका आधा दर्जन जिल्ला पुग्न छोटो दुरीका रूपमा प्रयोग गरिने सोल्टा सडक जीर्ण बन्दै गएको हो।

images
images
images

कैलालीबाट कोहलपुर हुँदै सुर्खेतको सदरमुकाम वीरेन्द्रनगर पुग्न करिब छ घण्टा लाग्छ भने यो सडकबाट आधा समयमा वीरेन्द्रनगर पुग्न सकिन्छ। अछाम सदरमुकाम मंगलसेन पुग्न पनि यो सडकबाट झन्डै आधा दुरी कम हुन्छ।

images
images

अछाम, सुर्खेत, दैलेख, कालीकोट, जुम्ला, हुम्ला, मुगुसम्म अहिले पनि छोटो मार्गको रूपमा यही सडक प्रयोग हुँदै आए पनि सडक भने जीर्ण बन्दै गएको छ। सडक जीर्ण हुँदा हिँड्डुलमा सास्ती खेप्नु परेको स्थानीय पार्वती शाह खड्काले बताइन्।

images
images

'३० वर्षपहिलेदेखि यो सडकमा हिँडिरहेको छु', उनले भनिन्, 'सडकको अवस्था अहिले पनि जस्ताको तस्तै छ।' सामान्य झरीले पनि पहिरो गएर सडक अवरुद्ध हुने गरेको सड्काले बताए।

सडक जीर्ण हुँदा जोखिम पूर्ण यात्रा गर्न बाध्य भएको गाडी चालक दीपक भण्डारीले बताए। चिसापानीबाट सुर्खेतको गुटु, बाबियाचौरसम्म गाडी चलाउने गरेको बताउँदै उनले भने, 'सानोतिना अवरोध हटाएर गाडी सञ्चालन गर्दै आएका छौँ। पैदन यात्रीलाई पनि सास्ती हुने गरेको छ।'

प्रत्येक वर्ष बजेट विनियोजन भए पनि प्रभावकारी काम नभएपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

स्थानीय सरकारलाई पटकपटक सडक स्तरोन्नति गर्न माग गरे पनि सुनुवाइ नभएपछि दबाबसँगै श्रमदानमार्फत सडक स्तरोन्नति गर्ने उद्देश्यले ‘चिसापानी सोल्टा सडक मर्मत अभियान’ सञ्चालन गरिएको छ।

शनिबारदेखि सुरु भएको अभियानमा सयौँ स्थानीयले सडकमा ढुंगा मिलाउने, पहिरो आएको स्थानमा पहिरो हटाउने, जेसीभीको प्रयोग गर्दै साँघुरो ठाउँलाई खुल्ला गराउनेलगायत काम गरिरहेका एमालेका युवानेता वीरेन्द्रबहादुर रावलले बताए। 'सडक स्तरोन्नतिको दबाब दिन अभियान थालेका छौँ। यसमा स्थानीयले पनि साथ दिनुभएको छ, अभियानका क्रममा सडक सुधार भइरहेको छ', उनले भने।

सडक सुधारका लागि जिल्ला समन्वय समितिका प्रमुख सूर्यबहादुर थापाले जेसीभी उपलब्ध गराएका छन्। पहिलो चरणमा कुइनेसम्मको सात किलोमिटर सडक सुधार गर्ने योजना रहेको उनले बताए। सडक जीर्ण हुँदा दुर्घटनाको जोखिम बढेकाले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य गर्न जनश्रमदानमार्फत सडक मर्मत गर्न लागिएको उनको भनाइ छ। रासस


प्रकाशित : सोमबार, भदौ २४ २०८११७:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend