सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

ईडीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने चारजना पक्राउ

images
सोमबार, भदौ २४ २०८१
images
ईडीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने चारजना पक्राउ

अमेरिकन राजदूतवास नजिकबाट पक्राउ परेका उनीहरुलाई लिखितसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाइएको प्रहरीले जनाएको छ।

images
images

काठमाडौं- नेपालस्थित अमेरिकन दूतावासमा इलेक्ट्रोनिक विविधता भिसा (ईडीभी) प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोगमा प्रहरीले चारजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

images
images
images

महालक्ष्मी नगरपालिका-४ इमाडोल बस्ने ललितपुरकी ३२ वर्षीया गोमा पाण्डे, टिकाथली बस्ने सर्लाहीका २८ वर्षीय अनिलकुमार महतो, इमाडोल बस्ने झापाका ५० वर्षीय गोपालप्रसाद घिमिरे र सङ्खुवासभा घर भइ हाल भक्तपुर बस्ने ४३ वर्षीय सुवास ढकाल नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोगमा पक्राउ परेका हुन्।

images
images

नेपालस्थित अमेरिकन दूतावासमा ईडीभी प्रयोजनका लागि एसईई र १२ को नक्कली शैक्षिक प्रमाणपत्र बनाइ पेस गरेको भन्ने सूचनाका आधारमा अमेरिकी दूतावाससँगको समन्वयमा उनीहरुलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

images
images

अमेरिकन राजदूतवास नजिकबाट पक्राउ परेका उनीहरुलाई लिखितसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाइएको सूचना अधिकारी आचार्यले बताए। रासस


प्रकाशित : सोमबार, भदौ २४ २०८११५:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend