बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

पर्ख र हेरकै अवस्थामा देखिए लगानीकर्ता, ५५ अंकले घटेको बजारमा ९ अर्ब ४३ करोडको कारोबार

सोमबार, भदौ २४ २०८१
पर्ख र हेरकै अवस्थामा देखिए लगानीकर्ता, ५५ अंकले घटेको बजारमा ९ अर्ब ४३ करोडको कारोबार

काठमाडौं- गएको साता समग्रमा २२.२ अंकले घटेको सेयर बजारमा यो साताको दुई कारोबारमा नै ओरालोतिर लागेको छ। पहिलो कारोबारमा आइतबार २५.४६ अंकले घटेर २७०१.९० बिन्दुमा झरेको बजार सोमबार पनि ओरालोतिर नै देखिएको छ। 

सोमबार ५५.८६ अंकले घटेर बजार २६४६.०३ बिन्दुमा झरेको छ। २२ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ९ अर्ब ४३ करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ। २२२ कम्पनीको सेयर मूल्य घटेको छ। 

गएको साता पहिलो कारोबारमा आइतबार ५३.६३ अंकले घटेको बजार सोमबार १२७.३२ अंकले बढेर २८२३.२५ बिन्दुमा पुगेको थियो। मंगलबार ६.९४ अंकले बढेको बजार बुधबार भने ९०.७३ अंकले घटेर २७३९.४६ बिन्दुमा झरेको थियो। बिहीबार १२.१० अंकले घटेर २७२७.३६ बिन्दुमा झरेको थियो। त्यअसघिको साता बजार समग्रमा २२४.८७ अंकले घटेको थियो। 

कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजारमा तीन सातायता भने अपेक्षाकृत वृद्धि हुन नसकेको हो। बजारमा लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा नै देखिन्छन्। 

लामो समय १८०० देखि २००० को बिन्दु आसपास रहेको बजार उच्च बिन्दुतर्फ बढिरहँदा तीन सातायता कमजोर देखिएको छ। बजारको लगातारको वृद्धिपछिको केही समय 'करेक्सन' देखिएको रुपमा विश्लेषकहरूले अर्थ्याइरहँदा लगानीकर्ताहरू दुविधामा देखिन्छन्।लगानीकर्ताहरू बढ्दो बजारप्रतिको विश्वासमा फर्कन सकेका छैनन्।

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते बजार ३०००.८१ को बिन्दुमा पुगेको थियो। भदौमा पनि उचाइतर्फकै लय समात्ने आँकलन भइरहँदा बजार धिमा गतिमा देखिएको हो।

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने विश्लेषकहरूले बताइरहेका छन्। पर्ख र हेरको सोचमा देखिएका लगानीकर्ताको भरोसा फर्किएसँगै बजार नयाँ उचाइमा पुग्ने उनीहरू बताउँछन्।


प्रकाशित : सोमबार, भदौ २४ २०८११४:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend