मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

प्रदेश सरकारको प्रतिस्पर्धा लगानी भित्र्याउनमा हुनुपर्छ : चन्द्र ढकाल 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस २६ २०७८
images
images
प्रदेश सरकारको प्रतिस्पर्धा लगानी भित्र्याउनमा हुनुपर्छ : चन्द्र ढकाल 

निजी लगानीलाई राज्यले संरक्षण गर्दा राज्यको स्रोत बढ्ने, बेरोजगारी समस्याको हल हुने तथा साधन स्रोतको समुचित प्रयोग हुने भन्दै उनले नीति निर्माणमा सकारात्मक सोच जरुरी रहेको बताए। 

images
images

काठमाडौं-  नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले प्रदेशहरूबीच लगानी भित्र्याउने प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्। 

images
images

लमजुङ उद्योग वाणिज्य संघको ३५ औं साधारणसभा तथा ४६ औं स्थापना दिवसलाई सोमबार बेसीसहरमा सम्बोधन गर्दै ढकालले प्रदेशहरूबीच लगानीमैत्री नीति नियम तर्जुमा गर्दै लगानी भित्र्याउने प्रतिस्पर्धा हुनुपर्ने बताए। 

images
images

हाल स्थानीय तह र प्रदेश सरकारमा लगानीमैत्री वातावरण बनाउनुपर्छ भन्ने चेतनाको विकास हुँदै गए पनि नीति निर्माण गर्दा सरोकारवाला पक्षलाई समेट्न नसकेको उनको भनाइ छ । सरोकारवाला पक्षलाई राखेर निर्णय नगरिँदा नीति नियम व्यावहारिक बन्न नसकेको र त्यसले परिणाम दिन नसकेको ढकालले बताए। 

images
images
images

'कुनै पनि देशमा छोटो समयमा आर्थिक विकास भएको छ भने स्थानीय लगानी र वाह्य लगानीलाई सपोर्ट गरेकै कारण भएको छ' उनले भने 'मलेसियाका प्रधानमन्त्री डा.महाथिर नेपाल आउँदा उहाँलाई मैले कसरी मलेसियाको तीव्र आर्थिक विकास सम्भव भयो भनेर सोधेको थिएँ र उहाँले स्वदेशी र विदेशी दुवै लगानीलाई आफ्नै लगानीको व्यवहार गरेका कारण सम्भव भएको बताउनुभएको थियो।'

निजी लगानीलाई राज्यले संरक्षण गर्दा राज्यको स्रोत बढ्ने, बेरोजगारी समस्याको हल हुने तथा साधन स्रोतको समुचित प्रयोग हुने भन्दै उनले नीति निर्माणमा सकारात्मक सोच जरुरी रहेको बताए। 

गण्डकी प्रदेशका पर्यटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा उपस्थित कार्यक्रममा उनले  प्रदेशले मुलुककै पर्यटनको नेतृत्व गर्नसक्ने बताए। 

मुलुकका हरेक क्षेत्रमा जाँदा पर्यटनमा केही गरौँ भन्ने स्थानीय तहका प्रमुखले आग्रह गर्ने गरेको स्मरण गराए। आफूहरू जिल्ला नगर उद्योग वाणिज्य संघको कार्यक्रममा जाँदा लगानीका सम्भावनाबारेको खोजी गर्ने गरेको र महासंघका अन्य सदस्यहरूलाई सहकार्यमा लगानीका लागि आग्रह गरिरहेको कार्यक्रममा ढकालले जानकारी दिए। लमजुङमा गैरआवासीय नेपालीसँग सहकार्य गरेर आफूले २७ मेगावाटको जलविद्युत् आयोजनामा लगानी गरिरहेको र उत्पादनको अन्तिम तयारीमा रहेको जानकारी दिए। 


प्रकाशित : सोमबार, पुस २६ २०७८१३:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend