शुक्रबार, असार २० गते २०८२    
शुक्रबार, असार २० २०८२
images
images

भाटभटेनीको २८औँ शाखा पोखराको तालचोक बन्दै, दुईवटा सिनेमा हल पनि हुने

images
सोमबार, भदौ २४ २०८१
images
images
भाटभटेनीको २८औँ शाखा पोखराको तालचोक बन्दै, दुईवटा सिनेमा हल पनि हुने

करिब एक अर्ब रुपैयाँ लागतमा सञ्चालनमा आउने तालचोकको भाटभटेनी स्टोर २ लाख २५ हजार ६ सय स्क्वायर फिट क्षेत्रफलको हुनेछ।

images
images

काठमाडौं- व्यवसायी मिनबहादुर गुरुङले भाटभटेनी सुपर स्टोर विस्तारको कामलाई निरन्तरता दिँदै आएका छन्। गुरुङले आज सोमबार पोखराको तालचोकमा भाटभटेनीको २८ ‌औंँ शाखाको भवन निर्माणको पूजाआजा गरेका छन्। 

images
images

पोखराको तालचोकमा एक वर्षभित्रै भाटभटेनी स्टोर सञ्चालनमा ल्याउनेगरी भवन निर्माणको पूजाआजा गरेका हुन्। गुरुङका अनुसार पोखरामा भाटभटेनीको दोस्रो शाखा तथा देशभरकै २८ औँ शाखा निर्माण हुने छ।  

images
images

करिब एक अर्ब रुपैयाँ लागतमा सञ्चालनमा आउने तालचोकको भाटभटेनी स्टोर २ लाख २५ हजार ६ सय स्क्वायर फिट क्षेत्रफलको हुनेछ। भवनमा दुईवटा सिनेमा हल पनि रहने जनाइएको छ।

images
images
images

यसअघि पोखराको न्यूरोडमा भाटभटेनी सञ्चालनमा आइसकेको छ। पर्यटकीय नगरी पोखराका ग्राहकको चाहानाअनुरुप नै तालचोकमा अर्को आउटलेट निर्माण गर्न लागेको गुरुङले बताए। नियमित रुपमा शाखा विस्तारको काम भइरहेको उनको भनाइ छ।

अहिले काठमाडौं, ललितपुर, भक्तपुर, भरतपुर, बुटवब, नेपालगञ्ज, विराटनगर, वीरगञ्जमा भाटभटेनी विस्तार भएको छ।


प्रकाशित : सोमबार, भदौ २४ २०८११३:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend