सोमबार, मंसिर १० गते २०८१    
images
images

खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एसिया बैंकको अनुरोध

images
सोमबार, भदौ २४ २०८१
images
images
खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एसिया बैंकको अनुरोध

बैंकका अनुसार बैंकको पोर्टल प्यान अपडेट डट एनआईसी एसिया बैंक डटकम वा मोबाइल  बैंकिङ एपमा रहेको 'प्यान अपडेट' विकल्पमा ट्याब गरी आफ्नो प्यान अद्यावधिक गर्न सक्नेछन्।

images
images

काठमाडौं- एनआईसी एसिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ। बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण 'आयकर ऐन २०५८' बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने बैंकले जनाएको छ।

images
images
images

बैंकका अनुसार बैंकको पोर्टल प्यान अपडेट डट एनआईसी एसिया बैंक डटकम वा मोबाइल  बैंकिङ एपमा रहेको 'प्यान अपडेट' विकल्पमा ट्याब गरी आफ्नो प्यान अद्यावधिक गर्न सक्नेछन्।

images

साथै, ग्राहकहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको बैंकले जनाएको छ।

images

बैंकका अनुसार निक्षेपकर्ताको ब्याज भुक्तानीबापत काटिएको करलाई ई-टीडीएस रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको छ। उक्त प्यान अद्यावधिक भएपश्चात् निजहरूको करकट्टीको विवरण सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने बैंकले जनाएको छ।

जसले गर्दा ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य हुने बैंकको विश्वास छ।

प्यान अद्यावधिक नगराएको कारण ई-टीडीएसमा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यसउप्रान्त ब्याज करमा थप समायोजन गर्नु परेको अवस्थामा बैंक जिम्मेवार नहुने बैंकको भनाइ छ।


प्रकाशित : सोमबार, भदौ २४ २०८११२:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend