काठमाडौं- आन्तरिक राजस्व विभागले करदाताहरूलाई अग्रिम कर कट्टी गर्दा कर कट्टी भएका करदाताको विवरणसहित पेस गर्न आग्रह गरेको छ।
पछिल्लो समय अग्रिम कर कट्टी गरेपनि एकमुष्ट जम्मा गर्ने तर कर कट्टी हुने करदाताको नाम, प्यान नम्बर उल्लेख गरिरहेको विभागले जानकारी दिएको छ।
विद्युतीय माध्यमबाट अग्रिम कर कट्टीको विवरण दाखिला गर्दा कर कट्टी हुनेको विवरणसहित दाखिला गरेपछिमात्र अनुसूची १० मा अपडेट हुने छ। यसरी अपडेट भएपछिमात्र भेरिफाइ हुने विभागले स्पष्ट पारेको छ।
एकमुष्ट गर्दा करकट्टी हुने करदाताले क्रेडिट दाबी गर्न सहज हुने विभागले बताएको छ। अन्यथा भेरिफाइ गराउनका लागि म्यानुअल विधिबाट जानुपर्ने छ।