शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

नेप्सेको सीईओका लागि मन्त्रिपरिषद्‍मा ३ जना सिफारिस, धितोपत्र बोर्डमा भने अझै अलमल

images
सोमबार, पुस २६ २०७८
images
नेप्सेको सीईओका लागि मन्त्रिपरिषद्‍मा ३ जना सिफारिस, धितोपत्र बोर्डमा भने अझै अलमल
images
images

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत नियुक्तिको लागि तीन जनाको नाम मन्त्रिपरिषद्‍को बैठकमा पेश हुने भएको छ। अर्थ मन्त्रालयले गठन गरेको छनौट तथा सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको हो। 

images
images
images

समितिले आवेदन दिने ११ जनामध्ये कृष्ण बहादुर कार्की, डा. केशव प्रसाद  श्रेष्ठ, प्रविण पन्दाक, रमेश घिमिरे र डा. रमेशकुमार भण्डारीको नाम सर्टलिस्ट गरेको थियो। पाँच जनामध्येबाट कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ताका आधारमा कृष्णबहादुर कार्की, डा. केशव श्रेष्ठ र डा. रमेशकुमार भण्डारीको नाम मन्त्रिपरिषद्‍मा सिफारिस गरेको हो। मन्त्रिपरिषद्ले एक जनालाई चार वर्षका लागि नेप्सेको कार्यकारी अधिकृतमा छनोट गर्नेछ।

images
images

सीईओ बन्नका लागि जम्मा ११ जनाले आवेदन दिनेमा नेप्सेका हालका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल, उपप्रबन्धक प्रविण पन्दाक, जीवन अमगाई, डा रमेश कुमार भण्डारी, केशव प्रसाद  श्रेष्ठ, रमेश घिमिरे, कृष्ण बहादुर कार्की, दिपक गौतम, गोविन्द प्रसाद दाहाल, बद्री प्रसाद प्याकुरेल, र छवीराज पन्त रहेका थिए।

images
images

सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा नेप्सेका तत्कालीन सीईओ चन्द्रसिंह साउदले आफ्नो पदबाट राजीनामा दिएका थिए। त्यसपछि खाली रहेको पदमा नयाँ नियुक्त गर्न छनोट समिति बनाएर उम्मेदवारी माग गरिएको थियो। 

यता नेपाल धितोपत्र बोर्डमा भने अझै प्रक्रियाले मूर्त रुप लिन सकको छैन।


प्रकाशित : सोमबार, पुस २६ २०७८१२:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend