आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

थपिएको म्याद सकियो, अस्पतालको भवन निर्माण सकिएन

images
आइतबार, भदौ २३ २०८१
images
थपिएको म्याद सकियो, अस्पतालको भवन निर्माण सकिएन

पछिल्लो पटक थप गरिएको समयावधि सकिँदा समेत कामले गति नलिएपछि भवन अलपत्र बनेको हो।

images
images

तनहुँ- जिल्लाको देवघाट गाउँपालिकामा निर्माणाधीन आधारभूत अस्पतालको भवन अलपत्र बनेको छ। पछिल्लो पटक थप गरिएको समयावधि सकिँदा समेत कामले गति नलिएपछि भवन अलपत्र बनेको हो।

images
images
images

देवघाट-५ मा विसं २०७७ मङ्सिर १५ गते शिलान्यास गरिएको उक्त अस्पताल बनाउन तोकिएको सम्झौता अवधि विसं २०८० असार मसान्तमा सकिएको थियो। सो अवधिसम्ममा पिल्लर उठाउने बाहेक अन्य काम नभएपछि गत असार मसान्तसम्मका लागि म्याद थप गरिएको गाउँपालिकाका इञ्जिनियर तीर्थ ढुङ्गानाले जानकारी दिए।

images
images

'एक वर्षका लागि थपिएको म्याद सकिए पनि अस्पताल निर्माणमा प्रगति भएको छैन। अस्पतालको पिल्लर उठाएर पहिलो ढलान मात्र गरिएको छ भने अन्य कुनै पनि काम भएको छैन', उनले भने।

images
images

देवघाट गाउँपालिकाले पटकपटक ताकेता गरेपछि गत माघ अन्तिम साता ढलान गरिएको थियो। ढलान पछि पुनः निर्माणकर्मीहरु फर्केर नआएको इञ्जिनियर ढुङ्गानाले बताए।

अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली विसं २०७७ मा प्रधानमन्त्री हुँदा उनी नेतृत्वको सरकारले देशभरका सबै स्थानीय तहमा कम्तीमा पाँच शय्याको अस्पताल बनाउने नीति ल्याएकामा देवघाटमा १० शय्याको अस्पताल बनाउने निर्णय भएको थियो। 

अस्पताल निर्माण गर्न आवश्यक पर्ने जग्गा देवघाट-५ को कार्यालय र देवघाट स्वास्थ्य चौकीलाई अन्यत्र स्थानान्तरण गरेर सो ठाउँमा अस्पतालको शिलान्यास गरिएको थियो। रासस


प्रकाशित : आइतबार, भदौ २३ २०८११६:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend