आइतबार, असोज ६ गते २०८१    
images
images

पर्यटन बोर्डका नवनियुक्त सीईओ जोशीद्वारा पदभार ग्रहण, सहकार्यबाटै पर्यटनलाई थप चलायमान बनाउने प्रतिबद्धता

images
आइतबार, भदौ २३ २०८१
images
images
पर्यटन बोर्डका नवनियुक्त सीईओ जोशीद्वारा पदभार ग्रहण, सहकार्यबाटै पर्यटनलाई थप चलायमान बनाउने प्रतिबद्धता

नवनियुक्त सीईओ दीपकराज जोशीले यसअघि पनि बोर्डको सीईओका रुपमा काम गरिसकेका छन्।

images
images

काठमाडौं- नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी प्रमुख (सीईओ) दीपकराज जोशीले आइतबार नेपाल पर्यटन बोर्डमा कार्यकारी प्रमुखको पदबहाली गरेका छन्।

images
images
images

पदबहालीपछि बोर्डले आयोजना गरेको स्वागत कार्यक्रमा बोल्दै सीईओ जोशीले आपसी सहकार्यबाटै पर्यटनलाई थप चलायमान बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले बोर्ड सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडलको संस्था भएकाले त्यसको उद्देश्यअनुरुप काम गर्नुपर्नेमा जोड दिए।

'पर्यटन राज्यको प्राथमिकताको विषय क्षेत्र हो। अर्कोतर्फ पर्यटन बोर्ड पीपीपीको मोडल हो। निजी क्षेत्रले समेत हामीबाट धेरै अपेक्षा गरेको छ। त्यसैले समग्रतामा सबैको सहकार्यबाट देशको पर्यटनलाई अगाडि लैजानु आजको आवश्यक्ता हो,' उनले भने।

आफ्नो कार्यकालमा पर्यटनको बजारीकरण, जनसम्पर्क विस्तार, अनुसन्धान तथा आन्तरिक जनशक्तिको वृत्तिविकासजस्ता कार्य प्राथमिकतामा रहने बताउँदै उनले समूह कार्यबाट ती सबै काम गर्न सकिने बताए। उनले आफू कुनै पूवाग्रह नराखी काम गर्ने बताउँदै नयाँ परिवेशमा नयाँ सोच र चिन्तनका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिए।

images

सो अवसरमा बोल्दै वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले नवनियुक्त कार्यकारी प्रमुखको अनुभवले बोर्डले थप उचाई प्राप्त गर्ने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिए। 

यस्तै कर्मचारी युनियनको तर्फबाट स्वागत गर्दै बोर्डका अधिकृत सुदन सुवेदीले लामो समयदेखि कर्मचारीको वृत्तिविकास रोकिएको बताउँदै नयाँ कार्यकारी प्रमुख जोशीबाट कर्मचारीका ती माग सम्बोधन हुने अपेक्षा गरिएको बताए।

नेपाल पर्यटन बोर्ड कार्यकारी समितिको मिति २०८१ भाद्र २० गते बसेको ३७९औँ बैठकले नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को दफा १४ बमोजिम उनलाई ४ (चार) वर्षको लागि कार्यकारी प्रमुखमा नियुक्ति गर्ने निर्णय गरेको थियो।

नवनियुक्त सीईओ जोशीले यसअघि पनि बोर्डको सीईओका रुपमा काम गरिसकेका छन्।


प्रकाशित : आइतबार, भदौ २३ २०८११६:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend