शनिबार, असोज ५ गते २०८१    
images
images

हुम्लामा हिमपातले हवाई सेवा अवरुद्ध

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस २६ २०७८
images
images
हुम्लामा हिमपातले हवाई सेवा अवरुद्ध

नेपालगञ्ज र सुर्खेतबाट निर्माण सामग्री तथा दैनिक उपभोग्य सामान ढुवानी हुन सकेको छैन।

images
images

हुम्ला- आइतबार साँझदेखि हिमपात भएपछि हवाई सेवा अवरुद्ध भएको छ। हवाई सेवा अवरुद्ध भएपछि यात्रु सिमकोटमै रोकिएका छन्।

images
images
images

सिमकोटमा हिमपातका साथै बादल लागेका कारण यहाँदेखि नेपालगञ्ज र सुर्खेतका हुँदै आएको नियमित उडान हुन सकेको छैन। सीता, समिट, तारा र नेपाल एयरलाइन्सले हुम्लामा उडान भर्दै आएका थिए। हुम्ला पुग्नुपर्ने यात्रु नेपालगञ्ज र सुर्खेतमै रोकिएका छन्।

टिकट काटे पनि हिमपातका कारण गन्त्व्यमा पुग्न नसकिएको स्थानीय हेमन्त बोहराले बताए। बोहरा नेपालगञ्ज हुँदै काठमाडौँ जाने तयारीमा रहनुभएको थियो। हवाई उडान बन्द भएपछि खाद्यान्न ढुवानी हुन सकेको छैन। नेपालगञ्ज र सुर्खेतबाट निर्माण सामग्री तथा दैनिक उपभोग्य सामान ढुवानी हुन सकेको छैन।

हिमपात भएपछि यहाँका किसान खुसी भएका छन्। खेती फष्टाउने भन्दै उनीहरु खुसी भएका हुन्। हिमपात हुँदा खेतबारीमा लगाएको गहुँ, जौ र उवा उत्पादन राम्रो हुने खार्पुनाथ गाउँपालिका–१ का मनोज विकले बताए। हिमपातपछि उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन कष्टर बनेको छ। नाम्खाको चाला, यारी, तिल, जाङ्हल्जी, लिमी, मुचु र हिल्सामा बाक्लो हिमपात भएको छ। रासस 

images


प्रकाशित : सोमबार, पुस २६ २०७८१२:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend