बिहीबार , असार १९ गते २०८२    
बिहीबार , असार १९ २०८२
images
images

गण्डकी प्रदेशमा ११ लाख १६ हजार जना स्वास्थ्य बीमामा आबद्ध

images
आइतबार, भदौ २३ २०८१
images
images
गण्डकी प्रदेशमा ११ लाख १६ हजार जना स्वास्थ्य बीमामा आबद्ध

७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई सरकारले निःशुल्क रुपमा स्वास्थ्य बीमाको सेवा उपलब्ध गराएको छ।

images
images

गण्डकी- गण्डकी प्रदेशमा ११ लाख १६ हजार १४ जना स्वास्थ्य बीमामा आबद्ध भएका छन्।

images
images

प्रदेशमा एक लाख ४५ हजार एक सय १४ जना ७० वर्ष माथिका ज्येष्ठ नागरिक निःशुल्क स्वास्थ्य बीमामा आबद्ध भएका स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेशका संयोजक जीवलाल खरेलले जानकारी दिए। ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सरकारले निःशुल्क रुपमा स्वास्थ्य बीमाको सेवा उपलब्ध गराएको छ।

images
images

प्रदेशभित्र महिला स्वयंसेविकाका चार हजार २३ परिवारलाई पनि निःशुल्क स्वास्थ्य बीमा उपलब्ध गराइएको उनले जानकारी दिए। महिला स्वास्थ्य स्वयंसेविकाका लागि प्रदेश सरकारले ५० प्रतिशत र संघीय सरकारले ५० प्रतिशत बीमाबापतको रकम भुक्तानी गर्दै आएको छ।

images
images
images

सरकारले प्रदेशभित्रका ‘क’ वर्गका अपांगता भएका पाँच हजार एक सय ४५ परिवारका साथै एचआईभी सङ्क्रमित दुई हजार एक सय ४७ परिवारलाई पनि निःशुल्क स्वास्थ्य बीमा सेवा उपलब्ध गराएको छ।

एक लाख रूपैयाँ बराबरको स्वास्थ्य बीमाका लागि पाँच जनासम्मको परिवारले तीन हजार पाँचसय रूपैयाँ बुझाउनुपर्ने र त्यसभन्दा बढी सदस्यको हकमा प्रतिथप सदस्य सातसय रूपैयाँ बुझाउनुपर्छ। 

बीमालाई प्रभावकारी बनाउँदै त्यसको दुरुपयोग नहोस् भन्ने हेतुका साथ बीमामा आबद्ध भएका व्यक्तिले सरकारी अस्पतालमा कुल औषधोपचार खर्चको १० प्रतिशत र निजी अस्पतालमा २० प्रतिशत कोपेमेन्ट(सह भुक्तानी) बुझाउनुपर्ने व्यवस्था गरिएको छ। रासस


प्रकाशित : आइतबार, भदौ २३ २०८११५:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend