आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images
सेयर बजार

दुविधामा लगानीकर्ता, साताको पहिलो कारोबार ओरालो लाग्दै २७०१ बिन्दुमा रोकियो

images
आइतबार, भदौ २३ २०८१
images
दुविधामा लगानीकर्ता, साताको पहिलो कारोबार ओरालो लाग्दै २७०१ बिन्दुमा रोकियो
images
images

काठमाडौं- गएको साता समग्रमा २२.२ अंकले घटेको सेयर बजारमा यो साताको पहिलो कारोबार पनि ओरालोतिर नै देखिएको छ। उतारचढावमा देखिएको बजार राताम्य हुँदै बन्द भएको हो। 

images
images
images

आइतबार २५.४६ अंकले घटेर बजार २७०१.९० बिन्दुमा झरेको छ। ८५ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा १० अर्ब १२ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ। १५७ कम्पनीको सेयर मूल्य घटेको छ भने तीन कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images
images

गएको साता पहिलो कारोबारमा आइतबार ५३.६३ अंकले घटेको बजार सोमबार १२७.३२ अंकले बढेर २८२३.२५ बिन्दुमा पुगेको थियो। मंगलबार ६.९४ अंकले बढेको बजार बुधबार भने ९०.७३ अंकले घटेर २७३९.४६ बिन्दुमा झरेको थियो। बिहीबार १२.१० अंकले घटेर २७२७.३६ बिन्दुमा झरेको थियो। त्यअसघिको साता बजार समग्रमा २२४.८७ अंकले घटेको थियो। 

images
images

कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजारमा तीन सातायता भने अपेक्षाकृत वृद्धि हुन नसकेको हो। बजारमा लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा नै देखिन्छन्। 

लामो समय १८०० देखि २००० को बिन्दु आसपास रहेको बजार उच्च बिन्दुतर्फ बढिरहँदा तीन सातायता कमजोर देखिएको छ। बजारको लगातारको वृद्धिपछिको केही समय 'करेक्सन' देखिएको रुपमा विश्लेषकहरूले अर्थ्याइरहँदा लगानीकर्ताहरु दुविधामा देखिन्छन्।लगानीकर्ताहरू बढ्दो बजारप्रतिको विश्वासमा फर्कन सकेका छैनन्।

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने विश्लेषकहरूले बताइरहेका छन्। पर्ख र हेरको सोचमा देखिएका लगानीकर्ताको भरोसा फर्किएसँगै बजार नयाँ उचाइमा पुग्ने विश्लेषकहरू बताउँछन्।

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते बजार ३०००.८१ को बिन्दुमा पुगेको थियो। भदौमा पनि उचाइतर्फकै लय समात्ने आँकलन भइरहँदा बजार धिमा गतिमा देखिएको हो।


प्रकाशित : आइतबार, भदौ २३ २०८११५:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend