शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

कामना सेवा विकास बैंक : व्यापार र नाफामा मात्रै होइन लाभांशले दोस्रो बजारमा पनि आकर्षक बन्दै

images
मंगलबार, पुस २७ २०७८
images
कामना सेवा विकास बैंक : व्यापार र नाफामा मात्रै होइन लाभांशले दोस्रो बजारमा पनि आकर्षक बन्दै
images
images

काठमाडौं- पछिल्लो समय व्यापार विस्तार र नाफामा आक्रामक बन्दै गएको कामना सेवा विकास बैंकको नेप्सेको दोस्रो बजारमा पनि आकर्षक कम्पनीमो सूचीमा पर्ने गरेको छ। गतवर्षको नाफाबाट कम्पनीले दिएको आकर्षक लाभांशका कारण सेयरधनीको रोजाइमा पर्दै आएको छ। 

images
images
images

कोरोना कहरबीच पनि आक्रामक व्यापार विस्तारमा लागेको कामना सेवा विकास बैंक लिमिटेडको नाफा पनि लोभलाग्दो छ। चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासमा खुद नाफा झन्डै १० गुणाले बढेको थियो। दोस्रो त्रैमासमा अझै सुधार हुने देखिन्छ। विकास बैंकहरूमध्ये आकर्षक मानिएको कामना सेवा विकास बैंकमा सेयर लगानकर्ताको सदाबहार आकर्षण हुने गरेको छ। 

images
images

सोमबार ५२१ रुपैयाँमा प्रतिकित्ता कारोबार भएको बैकको सेयरमा ६ रुपैयाँले बढेको थियो। सोमबार मात्रै बैंकको ७८ हजार ९ सय २५ कित्ता कारोबार भएको थियो। पछिल्लो ५२ हप्तामा अधिकतम ८६६.९० रुपैयाँ प्रतिकित्ता कारोबार भएको बैंकको न्यूनतम २२२ रुपैयाँमा कारोबार भएको थियो। बैंकले नाफा बढाउँदै लगेपछि सेयरलगानीकर्ताहरूको रोजाइ पनि कामना सेवा विकास बैंक पर्न थालेको थियो। जसका कारण सेयर मूल्य पनि बढी रहेको छ। 

images
images
kamana.PNG

पहिलो त्रैमासको तथ्यांक पछि झनै आकर्षणको केन्द्रमा बैंक रहेको छ। बैंकको नाफा गत वर्षको पहिलो तीन महिना अवधिको तुलनामा ९७२.९५ प्रतिशतले बढेर २० करोड १ लाख रुपैयाँको उचाइमा पुगेको थियो। गत वर्ष यही अवधिमा बैंकले १ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। बैंकको अब ६ महिनामा व्यापार विस्तारको हिसावले नाफा झनै बढ्ने देखिन्छ। 

बैंकको लाभांश वितरणको हिसबले पनि सेयरधनीहरूको रोजाइमा पार्ने गरेको छ। गतवर्षको नाफबाट बैंकले १९.४७ प्रतिशत लाभांश वितरण गरेको छ। जसमा १८.५ प्रतिशत बोनस सेयर र ०.९७ प्रतिशत नगद लाभांश दिएको थियो। बैंकले यसर्ष पाँचवर्ष पछिकै सबैभन्दा धेरै लाभांश सेयरधनीलाई दिएको हो। यसअघि आर्थिक वर्ष २०७३/७४ मा १२ प्रतिशत लाभांश दिएको थियो। गत वर्ष ४.६३ प्रतिशत मात्रै लाभांश बैंकले दिएको थियो। 

तीन महिनामा बैंकले ७ करोड ४३ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको थियो। तीन महिनामा बैंकले ३६ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

गत वर्ष यही अवधिमा ३१ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ९७२.९५ प्रतिशतले उकालो लागेर १५.७३ रुपैयाँमा पुगेको छ। गत वर्ष बैंकको ईपीएस २.९४ रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात (पीई रेसियो) ७.०८ गुणा रहेको थियो। प्रतिसेयर नेटवर्थ १२२.६२ रुपैयाँ रहेको छ। बैंकको चुक्ता पुँजी ३ अर्ब १४ लाख ४२ हजार रुपैयाँ रहेको छ। भने बजार पुँजीकरण १६ अर्ब ३७ करोड २८ लाख २६ हजार रुपैयाँ पुगेको छ। 

कुन वर्ष कति लाभांश ?                      

kamana 2.PNG

                  


प्रकाशित : मंगलबार, पुस २७ २०७८०१:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend