मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

साइमेक्स इंक र बीवाईडीद्वारा 'साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन'को घोषणा

images
आइतबार, भदौ २३ २०८१
images
images
साइमेक्स इंक र बीवाईडीद्वारा 'साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन'को घोषणा

फाउन्डेसनमा साइमेक्स इंकले १ करोड रूपैयाँ योगदान गर्नेछ भने प्रत्येक बीवाईडी गाडी बिक्रीबापत १० हजार रूपैयाँ जम्मा गरिने बताइएको छ।

images
images

काठमाडौं- बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले न्यु इनर्जी भेइकल (एनईभी) को ग्लोबल लिडर बीवाईडीसँगको सहकार्यमा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको स्थापना गरेको घोषणा गरेको छ।

images
images

फाउन्डेसनमा साइमेक्स इंकले १ करोड रूपैयाँ योगदान गर्नेछ भने प्रत्येक बीवाईडी गाडी बिक्रीबापत १० हजार रूपैयाँ फाउन्डेसनमा जम्मा गरिने बताइएको छ।

images
images

समारोहमा बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका जनरल म्यानेजर लिउ स्वेलियाङले ग्राहकले किन्ने प्रत्येक बीवाईडी गाडीवापत १० हजार रुपैयाँ साइमेक्स बीवाईडी फाउन्डेसनलाई उपलब्ध गराउने घोषणा गरे। यस्तै साइमेक्स इंक प्रालिका अध्यक्ष अनिल श्रेष्ठले फाउन्डेसन शुभारम्भका लागि साइमेक्स इंकले १ करोड रूपैयाँ योगदान गर्ने घोषणा गरे।

images
images
images

शिक्षा, स्वास्थ्य सेवा र दिगो विकास जस्ता समाजमा भएका सबैभन्दा ठूला चुनौतीहरुलाई सम्बोधन गर्ने कार्यमा फाउन्डेसन केन्द्रित हुने बताइएको छ। यसरी जम्मा गरिएको सहयोग रकम र अन्य सामूहिक प्रयासलाई नेपाली जनताको जीवनस्तर सुधार गर्न र राष्ट्रको प्रगतिमा योगदान पुर्‍याउन समर्पित गरिनेसमेत बताइएको छ।

cimex2.jpg

बीवाईडी नेपालका प्रतिष्ठित ब्रान्ड एम्बेसडर हरिवंश आचार्यले साइमेक्स इंक र बीवाईडीले यसरी समुदायमा वास्तविक फरकपनको अनुभव गराउन गरेको अर्थपूर्ण पहलका लागि बधाई ज्ञापन गरे। 

haribansha acharya - cimex.jpg

लिउ स्वेलियाङले भने, ‘साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन एउटा सामान्य पहलमात्र होइन, यो सबैको सुन्दर भविष्यका लागि हाम्रो प्रतिबद्धतासमेत हो। हामी व्यवसायभन्दा पर रहेर समाजमा योगदान दिने कुरामा विश्वास गर्दछौँ र यसका लागि स्थायी र सकारात्मक प्रभाव सिर्जना गर्न प्रतिबद्ध छौँ।’

यो फाउन्डेसन साइमेक्स इंक र बीवाईडीको सामाजिक हितको लागि समर्पणको प्रमाण हो, जसले यसलाई व्यावसायिक उद्यममात्र नभइ दिगो विकास र सकारात्मक परिवर्तनको संवाहकसमेत बनाएको उनको भनाइ छ।


प्रकाशित : आइतबार, भदौ २३ २०८११२:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend