बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि १ खर्ब खिच्दै राष्ट्र बैंक

आइतबार, भदौ २३ २०८१
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि १ खर्ब खिच्दै राष्ट्र बैंक

हाल बैंकिङ प्रणालीमा करिब ७ खर्ब १३ अर्ब रूपैयाँ अधिक लगानीयोग्य रकम रहेको छ।

काठमाडौं- राष्ट्र बैंकले पुन: १ खर्ब रूपैयाँ बराबरको तरलता खिच्ने भएको छ। बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले उक्त तरलता प्रणालीबाट खिच्न लागेको हो।

यसअघि राष्ट्र बैंकले भदौ २ गते २१ दिनका लागि १ खर्ब रूपैयाँ तरलता प्रशोचन गरेको थियो। भदौ २ गते जारी गरिएको निक्षेप संकलन उपकरण परिपक्व भएपछि राष्ट्र बैंकले पुन: २१ दिनका लागि १ खर्ब रूपैयाँ प्रणालीबाट खिच्न लागेको हो।

आइतबार ३ बजेसम्म यस उपकरणमा लगानी गर्न चाहने बैंकवित्तीय संस्थाले आवेदन दिनसक्ने राष्ट्र बैंकले जनाएको छ। उक्त उपकरण भदौ १३ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ। 

हाल बैंकिङ प्रणालीमा करिब ७ खर्ब १३ अर्ब रूपैयाँ अधिक लगानीयोग्य रकम रहेको छ।

विगत दुई वर्षयता अर्थतन्त्रमा कर्जाको माग न्यून रहँदै आएको छ। जसले गर्दा बैंकिङ प्रणालीमा अधिक तरलता रहेको छ भने ब्याजदर घटेर एकल अंकमा आएको छ। हाल बैंकहरुको औसत आधार ८ प्रतिशत र कर्जाको ब्याजदर ९.९३ मा आएको छ।

यस्तै बैंकहरुको अन्तरबैंक ब्याजदर ३ प्रतिशत रहेको छ। 

राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ठूलो रकम बजारमा खिचेसँगै स्थायी निक्षेप सुविधामा राख्ने रकम घटेको छ।

यसैबीचमा सरकारले करिब ६० अर्ब रुपैयाँ औसत ब्याजदर ४.९५ प्रतिशतमा उठाएको छ। 


प्रकाशित : आइतबार, भदौ २३ २०८१११:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend