मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

देगु तलेजुको पुनःनिर्माण सम्पन्न

images
आइतबार, भदौ २३ २०८१
images
images
देगु तलेजुको पुनःनिर्माण सम्पन्न

ललितपुरको सबैभन्दा ठूलो र अग्लो मन्दिरका रूपमा परिचित देगु तलेजु मन्दिर पुनःनिर्माणका लागि जापानले १३ करोड रूपैयाँ सहयोग गरेको हो।

images
images

ललितपुर- नौ वर्षअघिको भूकम्पले भग्नावशेष बनाएको विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा अवस्थित देगु तलेजु मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ।

images
images

भूकम्पपछि जिर्ण अवस्थामा रहेको एतिहासिक देगु तलेजु मन्दिरको बाहिरी भागको काम सकिएको र दोस्रो चरणमा भित्रको काम चलिरहेको पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख लीला पाठकले जानकारी दिए।

images
images

भित्री भागको काम पूरा भएपछि क्षमापूजा गरेर उद्घाटन हुने जानकारी दिँदै उनले भने, 'मल्लकालीन मन्दिर मौलिक शैलीमा पुनःनिर्माण गरिएको छ।'

images
images
images

ललितपुरको सबैभन्दा ठूलो र अग्लो मन्दिरका रूपमा परिचित देगु तलेजु मन्दिर पुनःनिर्माणका लागि जापान सरकारले १३ करोड रूपैयाँ सहयोग गरेको हो।

ललितपुरका अधिकांश सम्पदाको पुनःनिर्माण पूरा भएको छ भने केही निर्माणाधीन छन्। रासस


प्रकाशित : आइतबार, भदौ २३ २०८११०:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend