सोमबार, मंसिर १० गते २०८१    
images
images

पहिरोले विद्युत् आयोजनाको नहर बगाएपछि निसीखोलाका १ हजार ३ सय १३ घर बिजुलीविहीन

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २३ २०८१
images
images
पहिरोले विद्युत् आयोजनाको नहर बगाएपछि निसीखोलाका १ हजार ३ सय १३ घर बिजुलीविहीन

पहिरोले बगाएको नहर निर्माणका लागि कम्तीमा २० दिन लाग्ने र सञ्चालनमा आउन एक महिना लाग्ने देखिएको छ।

images
images

बागलुङ- पहिरोले विद्युत् आयोजनाको नहर बगाएपछि निसीखोला गाउँपालिकाका १ हजार ३ सय १३ घरमा विद्युत् आपूर्ति बन्द भएको छ।

images
images
images

निसीखोला गाउँपालिका-४ जैथुम्कामा रहेको एक सय २० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजनाको ३५ मिटर नहर पहिरोले बगाएपछि तीन दिनदेखि बिजुली उत्पादन बन्द भएको हो।

images

आयोजनाबाट उत्पादन बन्द भएसँगै सो बोहोरागाउँ, थापागाउँ, झिवाखोला, छापाखानी, धाराखर्क, ढुवाँखोर, ओख्रेनी, जिरी, झिम्पा, बडाचौरलगायत ठाउँमा विद्युत् आपूर्ति बन्द भएको निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाका प्रबन्धक चिरञ्जीवी पौडेलले जानकारी दिए। निरन्तर वर्षासँगै खसेको पहिरोले आयोजनाको नहरमा ठूलो क्षति गरेको उनले बताए।

images

पहिरोले बगाएको नहर निर्माणका लागि कम्तीमा २० दिन लाग्ने र सञ्चालनमा आउन एक महिना लाग्ने प्रबन्धक पौडेलले बताए।

वर्षा निरन्तर भएको हुँदा काम सुरु गर्न नसकिएको उनले बताए। विद्युत् आयोजनाको मुहान नजिकै पहिरो खसेको हुँदा काम गर्न कठिन हुने उनले जानकारी दिए। रासस


प्रकाशित : आइतबार, भदौ २३ २०८११०:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend