शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

भुक्तानी विवाद टुंगिएसँगै तनहुँ जलविद्युत् आयोजनाको काम ५१ दिनपछि पुनः सुरु

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २३ २०८१
images
images
भुक्तानी विवाद टुंगिएसँगै तनहुँ जलविद्युत् आयोजनाको काम ५१ दिनपछि पुनः सुरु

आयोजनाको एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि पहाड खन्न बाँकी छ भने सेती नदीका दुवै किनारमा ‘ग्याली सुरुङ’ निर्माणाधीन छन्।

images
images

तनहुँ- भुक्तानी विवादका कारण रोकिएको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ‘प्याकेज वान’ को काम ५१ दिनपछि पुनः सुरु भएको छ। 

images
images
images

संयुक्त लगानीको निर्माण कम्पनी सोङ्दा कालिकाले गरेको कामको भुक्तानी युरोपियन बैंकमार्फत् प्राप्त हुने प्रतिबद्धता सम्बन्धित निकायले व्यक्त गरेपछि आयोजनाको काम पुनः प्रारम्भ भएको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए। यो प्याकेजमा हालसम्म ३५ प्रतिशत मात्र प्रगति भएको छ। 

गत असार २२ गते सेतीको बाढीबाट प्याकेज वानको निर्माणस्थलमा क्षति भएको छ। बाढीले ‘क्रसर र कुलिङ प्लाण्ट’मा क्षति हुनका साथै निर्माणस्थलमा राखिएको ढुङ्गागिटीलगायत निर्माण सामग्री बगाएको थियो।

images

यो प्याकेजअन्तर्गत आयोजनाको १४० मिटर अग्लो बाँध निर्माणका लागि सेती नदीको धार पथान्तरण गर्न दुई वटा ‘डाइभर्सन सुरुङ’ निर्माण सम्पन्न भएका छन्। 

images

आयोजनाको एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि पहाड खन्न बाँकी छ भने सेती नदीका दुवै किनारमा ‘ग्याली सुरुङ’ निर्माणाधीन छन्। रासस


प्रकाशित : आइतबार, भदौ २३ २०८१०९:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend