मंगलबार, जेठ १ गते २०८१    
images
images

लेबनानमा तैनाथ बर्द बहादुर गण सम्मानित

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस २५ २०७८
images
images
लेबनानमा तैनाथ बर्द बहादुर गण सम्मानित

यो गण मिसन इलाकामा खटिनासाथ कोभिड-१९ को चरम मार खेपिरहेको आफ्नो जिम्मेवारी क्षेत्रमा कोड किट वितरण गरी स्थानीय पदाधिकारी तथा जनताको मन जित्‍न सफल भएको थियो ।  

images
images

काठमाडौं- लेबनानमा युनिफिल मिसन अन्तर्गत तैनाथ नेपाली सेनाको बर्द बहादुर गणले अपरेशनल, बन्दोबस्ती तथा सैनिक नागरिक सम्बन्धमा पुर्‍याएको योगदानको फलस्वरुप मिशन प्रमुख तथा फोर्स कमान्डर मेजर जनरल स्टेफानोले सम्मान गरेका छन्। 

images
images
images

गणका गणपतिलाई उत्कृष्टताको प्रतीक तथा प्रशंसापत्र प्रदान उनले दिएका थिए। मिसन अन्तर्गत १० राष्ट्रका सैनिक गणहरु मध्ये उत्कृष्ट गणलाई यसरी उत्कृष्टताको प्रशंसापत्र प्रदान गरिन्छ । गत जेठमा पनि वार्षिक वातावरणीय अवार्ड प्राप्त गरेको थियो । 

images

यो गण मिसन इलाकामा खटिनासाथ कोभिड-१९ को चरम मार खेपिरहेको आफ्नो जिम्मेवारी क्षेत्रमा कोड किट वितरण गरी स्थानीय पदाधिकारी तथा जनताको मन जित्‍न सफल भएको थियो ।  

images
images

त्यसैगरी उक्त गणले विभिन्न नगरपालिकाहरूमा वृक्षारोपण, ऐतिहासिक जिल्लाहरूको सरसफाइ, डेन्टल अभियान, विद्यालयहरूमा स्टेसनरी वितरण, महिला स्वास्थ्य सम्बन्धि जनचेतना कार्यक्रम तथा स्थानीय तहका विभिन्न निकायहरूमा उत्कृष्ट सम्बन्ध कायम गरेको भनी उक्त गणलाई फोर्स सम्मान गरिएको थियो। 

images
images

 

 

images

प्रकाशित : आइतबार, पुस २५ २०७८०९:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend