काठमाडौं- संघीय संसद, प्रतिनिधिसभा, अर्थ समितिको बैठक आइतबार बस्ने भएको छ।
आइतबार सिंहदरबारस्थित अर्थ समितिको बैठक कक्षमा बस्ने सो बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुने संघीय संसद् सचिवालयले जनाएको छ।
त्यसैगरी, प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे तथा राष्ट्रियसभाको बैठक मंगलबार बस्ने भएको छ। रासस