मंगलबार, असोज १ गते २०८१    
images
images

कर्मचारीको आन्दोलन सामना गरिरहेको 'सेबी'सँग द्विपक्षीय वार्ता गर्न भन्दै  धितोपत्र बोर्डका अध्यक्ष बरालसहित १० जना भारत भ्रमणमा जाँदै

धितोपत्र बोर्डमा रोकिएका दर्जनौं फाइल अघि नबढाउने बरालको विदेश भ्रमणमा अस्वभाविक रुची

images
शुक्रबार, भदौ २१ २०८१
images
images
कर्मचारीको आन्दोलन सामना गरिरहेको 'सेबी'सँग द्विपक्षीय वार्ता गर्न भन्दै  धितोपत्र बोर्डका अध्यक्ष बरालसहित १० जना भारत भ्रमणमा जाँदै

बोर्डकै खर्चमा हुने भ्रमणमा बोर्ड सदस्यले पाँचतारे सुविधा पाउँछन् अरु कर्मचारीको भने न्यून हुन्छ। अर्थ मन्त्रालयका उपसचिवलाई पनि बोर्ड सदस्य सरहकै सुविधा दिनेगरी लिन लागिएको छ।

images
images

काठमाडौं- आफ्नै कर्मचारीको आन्दोलनलाई अवतरण गराउनका लागि संर्षरत भारतीय धितोपत्र बजारको नियामक सेक्युरिटी एण्ड एक्सचेञ्ज बोर्ड अफ इन्डिया(सेबी)सँग वार्ताका लागि भन्दै नेपालबाट १० सदस्यीय प्रतिनिधिमण्डल भारत भ्रमण जाने भएको छ। 

images
images
images

धितोपत्र बोर्डका अध्यक्षको जिम्मेवारी पाएका अर्थमन्त्रालयका सहसचिव महेश बरालसहितको टोली आइतबार भारत भ्रमणमा जाने भएको हो।  यसमा बरालसँगै बोर्डमा कानून मन्त्रालयबाट प्रतिनिधित्व गर्ने दलबहादुर अधिकारी र विज्ञ सदस्य भोला ढुंगाना जाँदैछन्।

यसबाहेक एक जना अर्थको कर्मचारी पनि भ्रमणदलमा छन् भने बाँकी ६ जना बोर्डकै कर्मचारी रहेका छन्। साताव्यापी भ्रमणमा आइतबार मुम्बई जाने कार्यक्रम रहेको छ। धितोपत्र बजारको नियमनका बारेमा एकआपसमा छलफल गर्ने वार्षिक क्यालेन्डरअनुसार जान लागिएको बोर्डको अध्यक्षको जिम्मेवारी पाएका बरालले बताए। 

कर्मचारीको आन्दोलन चलिरहेको समयमा जम्बो टोली भ्रमणमा गएर बुझ्ने र छलफल गर्ने वातावरण कस्तो हुन्छ भन्ने प्रश्न बोर्डमै उठेको थियो। अर्थमै पनि यसबारेमा प्रश्न उठेको अधिकारीहरूले बताएका छन्।

images

एकातिर आन्दोलन चलिहरेको छ भने त्यही आन्दोलन सेटल गर्न सेबीको सम्पूर्ण ध्यान केन्द्रित भएको छ। यस्तो अवस्थामा नेपालको धितोपत्रको टिम भने द्विपक्षीय छलफलका लागि जाँदैछ। एकातिर आफ्नै संस्थागत तनाब भएको र जुन भवनमा आन्दोलन भइरहेको छ त्यही वार्ता तथा छलफल हुने कार्यक्रम रहेको छ। 

छलफल र भ्रमणबाट नेपालले लाभा लिनेभन्दा पनि जसरी पनि भ्रमण गर्ने उद्देश्यले अध्यक्ष बराल आफैले जोडबल गरेको देखिएको छ। बोर्डको अध्यक्षको जिम्मेवारी लिएर कुनै पनि काम नगर्ने बराल भ्रमणमा भने अग्रसर देखिएका छन्। 

आन्दोलनको भुंग्रोमा परेको सेबीमा गएर कस्तो छलफल हुने र त्यसबाट कस्तो लाभ होला भन्ने प्रश्नमा बराल भने उनीहरू आफैले आन्दोलनको प्रभाव नहुने भन्दै स्थगित नगरेको बताउँछन्। 

‘आन्दोलनका बारेमा हामीले पनि सुनेका छौँ तर उनीहरूले स्थगित नगरेकाले जाने निष्कर्षमा पुगेका हौँ। यसमा एकदिन एक घण्टामात्र मुख्यालयमा छलफल हो बाँकी बाहिर नै छ’ उनले भने। 

भारतीय धितोपत्र बजारको नियामक सेक्युरिटी एण्ड एक्सचेञ्ज बोर्ड अफ इन्डिया(सेबी)की अध्यक्ष माधवी पुरी बुचका बारेमा हिन्डनवर्गले हालै सार्वजनिक गरेको एक प्रतिवेदनलाई लिएर कर्मचारीहरू आन्दोलित भएका छन्। 

विपक्षी दलले संसदमा प्रश्न उठाएका छन् भने कर्मचारीहरू पनि आन्दोलित भइरहेका छन्। नियामकको नेतृत्वमाथि यति संगीन आरोप लाग्दासमेत उत्तरदायी नभएको र यसबाट नियामकीय छविमा असर पर्ने भन्दै कर्मचारीहरू आन्दोलित भइरहेका छन्।

कर्मचारी आन्दोलनले गर्दा सेबीको संस्थागत गतविधि नै प्रभावित भइरहेको छ। पाँच सयभन्दा बढी कर्मचारीले सरकारलाई पत्र लेख्दै काम गर्ने वातावरण राम्रो नभएको बताएका थिए। 

पछिल्लो समय कर्माचरीहरूले विरोध जनाएकोमात्र होइन सोही आन्दोलन ह्यान्डल गर्नमा संस्थागत क्षमता परिचालन भइरहेको अवस्था छ। यही समयमा नेपालको धितोपत्र बजारको नियामक धितोपत्र बोर्डबाट जाने जम्बो टोलीको उद्देश्य वार्ता र परस्पर लाभभन्दा पनि भत्ता पचाउने र घुम्नेमै केन्द्रीत देखिएको छ। स

बोर्डकै खर्चमा भ्रमणमा हुने भ्रमणमा बोर्ड सदस्यले पाँचतारे सुविधा पाउँछन् अरु कर्मचारीको भने न्यून हुन्छ। अर्थ मन्त्रालयका उपसचिवलाई पनि बोर्ड सदस्यसरहरकै सुविधा दिनेगरी लैजान लागिएको छ। 

बराल आफै बोर्डको अध्यक्षको जिम्मेवारी पाएदेखि नियमित फाइल बढाउन चासो दिएका छैनन्। शक्तिकेन्द्रको स्वार्थ र निर्देशन बाहेक नियमित काम नगर्ने यसअघिका अध्यक्षको जिम्मेवारी पाएका नरेन्द्र राणाजस्तैमात्र काम गरेका छन्। बरालले यो बीचमा हिमालयन मर्चेन्ट बैंकलाई लाइनसेन्स दिने बाहेक अरु कुनै पनि फाइल अघि बढाउन चासो दिएका छैनन्। 

बोर्डका फाइल अघि बढाउने सवाल आउँदा मैले बुझेको छैन भनेर पन्छिने तर विदेश भ्रमण भन्नेवित्तिकै उछिट्टिएर जाने खोज्ने प्रवृत्ति बरालमा देखिएको अर्थकै कतिपय कर्मचारी बताउँछन्। ‘माथिका मान्छेको आदेश अनुसारमात्र काम गरेपछि कतैबाट प्रश्न नउठ्ने र अरु काममा चासो नदिने उहाँको प्रवृत्ति देखियो। कि सरकारले पठाएको ठाउँमा गएपछि काम त गर्नुपर्‍यो’ अर्थका एक अधिकारीले भने। 

स्रोतका अनुसार अर्थसचिव रामप्रसाद घिमिरे बरालसँग धेरै सन्तुष्ट नभएपनि उनले चाहेर केही नहुने एक अधिकारीले बताए।


प्रकाशित : शुक्रबार, भदौ २१ २०८११८:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend