आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

गृहमन्त्री लेखकसँग विश्व बैंकका पदाधिकारीको भेट

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २१ २०८१
images
गृहमन्त्री लेखकसँग विश्व बैंकका पदाधिकारीको भेट

विश्व बैंकले नेपाललाई ऋण दिँदा पूरा गर्नुपर्ने विभिन्न कार्यमध्ये पूर्वकार्य गर्नु बाँकी रहेको विषयमा सिस्लेनले चासो राखेका थिए।

images
images

काठमाडौं- नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनसहितका पदाधिकारीले आज गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका छन्।

images
images
images

गृहमन्त्रीको कार्यकक्षमा भएको भेटमा विश्व बैंकले नेपालका विभिन्न परियोजनामा गरेको लगानीबारे छलफल भएको थियो।

images
images

गृहमन्त्री लेखकले विसं २०७२ को भूकम्पपछिको पुनःनिर्माणमा विश्व बैंकको ऋण तथा प्राविधिक सहयोगले पुनःनिर्माणमा सहयोग पुगेको बताएका थिए।

images
images

विश्व बैंकले नेपाललाई ऋण दिँदा पूरा गर्नुपर्ने विभिन्न कार्यमध्ये पूर्वकार्य गर्नु बाँकी रहेको विषयमा सिस्लेनले चासो राखेका थिए। 

'ऋणको अन्तिम किस्ता लिनुपूर्व गर्नुपर्ने पूर्वकार्य बाँकी छ। विपद् संवेदनशील सामाजिक सुरक्षा तथा अनुदान वितरण मापदण्ड पास गरिसकेपछि ऋणको अन्तिम किस्ता दिने गरिन्छ। विपद् व्यवस्थापनका क्षेत्रमा नेपाललाई चाहिने वित्तीय सहयोग गर्न तयार छौँ', उनले भने।

गृहमन्त्री लेखकले आफ्नोतर्फबाट गर्नुपर्ने काममा कुनै ढिलाइ नहुने उल्लेख गर्दै विश्व बैंकले गर्दै आएको सहयोगका लागि धन्यवाद दिए।

'जलवायु परिवर्तन हामीले सिर्जना गरेको होइन। त्यसबाट भएको क्षति, नोक्सानी, पुनःनिर्माणका लागि हामीले ऋण मात्र बोकेर कसरी विपद् व्यवस्थान गर्न सक्छौँ? त्यसैले अनुदानका परियोजनाहरु बढाउनु पर्‍यो', उनले भने।


प्रकाशित : शुक्रबार, भदौ २१ २०८११८:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend