शनिबार, असोज ५ गते २०८१    
images
images

नारायणहिटीमा बतासको कफी सप : संरचना सम्झौताभन्दा बढी, ठेक्कामा मिलेमतोको आशंका

गठन आदेशभन्दा बाहिर गएर भएको सम्झौता खारेज हुन्छ : पर्यटनसचिव

images
सोमबार, पुस २६ २०७८
images
images
नारायणहिटीमा बतासको कफी सप : संरचना सम्झौताभन्दा बढी, ठेक्कामा मिलेमतोको आशंका

६.३४ आनाको सम्झौता गरेर करिब १४ राेपनी जग्गा कब्जा गरेर संरचना बनाएको समितिले जनाएको छ। 

images
images

काठमाडौं- नारायणहिटी दरबार संग्रहालयमा बतास समूहले कफी सप सञ्चालनका लागि सम्झौता भएकोभन्दा बढी जग्गा लिएको, दररेट चल्तीको बजार मूल्यअनुसार नभएको, ठेक्का सम्झौतामा मिलोमतो भएको हुन सक्ने देखिएको छानबीन समितिले जनाएको छ।

images
images
images

ठेक्का तथा निर्माण भएको संरचनाको विषयलाई लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबीन समिति बनाएको थियो।

मन्त्रालयका सहसचिव होमप्रसाद लुइटेलको संयोजकत्वमा बनेको तीन सदस्यीय समितिले रिपोर्ट तयार गरेको छ। जसमा बतासले नारायणहिटीमा सम्झौताभन्दा बाहिर गएर संरचना बनाएको समितिले ठहर गरेको छ। ६.३४ आनाको सम्झौता गरेर करिब १४ राेपनी जग्गा कब्जा गरेर संरचना बनाएको समितिले जनाएको छ। 

पर्यटनसचिव महेश्वर न्यौपानेले सम्झौता खारेज हुने बताएका छन्। गठन आदेशभन्दा बाहिर गएर विकास समितिले सम्झौता गरेको भन्दै सम्झौता खारेज हुने उनले बताएका हुन्। 

images

नारायणहिटी दरबारभित्र चिया तथा कफी सप सञ्चालन गर्ने दिने गरी २०७७ साउनमा ठेक्का भएको थियो। सोहीअनुसार २०७७ पुसमा ८ गते आशयपत्र जारी भएको थियो।

यस्तो छ समितिको सुझाव एवं निष्कर्ष-

क) क्यान्टिन/क्याफेटेरिया संचालन गर्नका लागि क्याफेटेरियाले प्रयोग गर्न पाउने क्षेत्रफल र स्थानको स्पष्ट सीमांकन भएको देखिएन।
क्यान्टिन/क्याफेटेरियाले प्रयोग गर्न पाउने क्षेत्रफल र स्थान स्पष्ट सीमाङ्कन नगरी क्यान्टिन/क्याफेटेरिया सञ्चालन गर्न दिएको देखिँदा बढी क्षेत्र ओगटी थप निर्माण कार्य गर्न प्रोत्साहन भएको देखिन्छ।

ख) नारायणहिटी दरबार संग्रहालय प्रवेश गर्ने दक्षिण पट्टिको प्रवेशद्वार नजिक समितिको स्वामित्वमा रहेको जग्गामा समितिसंग पूर्व स्वीकृति र समन्वय नगरी नयाँ संरचनाहरु निर्माण भइरहँदा विकास समितिका कार्यकारी निर्देशकबाट विकास समितिको स्वामित्वमा रहेको सम्पत्तिको संरक्षण र संबर्धनका लागि अनुगमन, निरीक्षण तथा रेखदेख गर्ने जिम्मेवारी पुरा गरेको देखिएन।

ग) संझौता विपरित वि.म्यानेजमेन्ट प्रा.लि. ले नयाँ संचरना निर्माण गर्दा विकास समितिका कार्यकारी निर्देशकबाट कुनै पनि कानूनी कारबाही गरेको पाइएन । निर्माण कार्यलाई तत्काल रोक्न र निर्माण नै हुन नदिने तर्फ पनि कुनै पहल भएको देखिएन।

घ) समितिको निर्णय एवं प्रदत्त अधिकारभन्दा बढी विषय समावेश गरी कार्यकारी निर्देशकबाट बि.म्यानेजमेन्ट प्रा.लि. संग संझौता गरेको देखियो।

ङ) क्यान्टिन/क्यापटेरिया भाडामा लगाउन निर्धारित दररेट कायम गर्दा तत्कालीन चलन चल्तीको बजार मूल्यलाई समेत आधार मानेको नदेखिंदा कायम भएको दररेटलाई स्वभाविक मान्न सकिएन।

च) सार्वजनिक खरिद ऐन, २०६३ को दफा २६ को उपदफा ६ मा व्यवस्था भए बमोजिम एउटै परिवारभित्रका शेयर सदस्यहरु रहेका तीन वटा फर्मका बोलपत्रदाताहरु आपसमा मिलोमतो गरी न्यूनतम मूल्यांकन रकम रु २,२०,४४०/२६ भन्दा रु १.१७७/७४ पैसा मात्र बढी कबोल गरी ठेक्का संझौता गरेको देखिदा ठेक्का संझौता कार्यमा एक आपसमा मिलोमतो भएको हुन सक्ने देखिन्छ ।

छ) आधिकारिक निकायबाट नक्सा पास नगरी एवं निर्माण स्वीकृती नलिई र मन्त्रालय एवं विकास समितिको पूर्व स्वीकृति नलिई अनुमानित १४ रोपनी क्षेत्रफल रहेको जग्गामा थप नयाँ संरचनाहरु निर्माण भएको देखिन्छ।

दोस्रो पक्षको रुपमा रहेको वि.म्यानेजमेन्ट प्रा.लि. ले अनुमति पाएको भन्दा बढी क्षेत्रफलको जग्गामा स्वीकृति नलिइ नयाँ संरचनाहरु निर्माण गरेको देखिएकोले निर्माण कार्य तत्काल रोकी सम्बन्धित निकायबाट आवश्यक कारवाही हुनुपर्ने देखिन्छ।


प्रकाशित : सोमबार, पुस २६ २०७८१०:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend