आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री ओली न्यूयोर्क जाने

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २१ २०८१
images
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री ओली न्यूयोर्क जाने

प्रधानमन्त्री ओली आगामी असोज ४ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन्।

images
images

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्क जाने भएका छन्।

images
images
images

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको भ्रमण कार्यक्रम स्वीकृत गरिसकेको छ। उनी आगामी असोज ४ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन्।  

images
images

संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाउँदै आएको छ। नेपालले राष्ट्रसंघको वडापत्रलाई परराष्ट्र नीतिको अभिन्न अंग मान्दै आएको छ।

images
images

विश्व शान्तिका लागि नेपालले राष्ट्रसंघको छातामुनी रही महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।


प्रकाशित : शुक्रबार, भदौ २१ २०८११५:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend