शुक्रबार, फागुन २ गते २०८१    
शुक्रबार, फागुन २ २०८१
images
images

नारायणहिटीमा बतासको कफी सप : सम्झौताभन्दा बाहिर पनि संरचना

images
सोमबार, पुस २६ २०७८
images
images
नारायणहिटीमा बतासको कफी सप : सम्झौताभन्दा बाहिर पनि संरचना
images
images

काठमाडौं- नारायणहिटी दरबार संग्रहालयमा बतास समूहले कफी सप सञ्चालनका लागि सम्झौता भएकोभन्दा बढी जग्गा लिएर संरचना बनाएको खुलेको छ। 

images
images
images

ठेक्का तथा निर्माण भएको संरचनाको विषयलाई लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबीन समिति बनाएको थियो। 

images
images

मन्त्रालयका सहसचिव होमप्रसाद लुइटेलको संयोजकत्वमा बनेको तीन सदस्यीय समितिले रिपोर्ट तयार गरेको छ। जसमा बतासले नारायणहिटीमा सम्झौताभन्दा बाहिर गएर संरचना बनाएको समितिले ठहर गरेको छ। 

images
images
images

ठेक्का हुँदा दरबारभित्र करिब ६ आनामा बनको रातो एक तले घरमा कफी सफ सञ्चालन गर्नेगरी भएको थियो। पछि बतासले ठेक्का पाएपछि बाहिर पनि संरचना बनाएर सम्झौताभन्दा बाहिर गएर ब्यापार गर्न खोजको निष्कर्ष निकालेको छ।

बतासले अहिले १४ रोपनीभन्दा बढी जग्गा प्रयोग गरेको निष्कर्ष निकालेको छ। तर जग्गा भाडा प्रक्रिया भने सही नै रहेको ठहर गरेको छ।

नारायणहिटी दरबारभित्र चिया तथा कफी सप सञ्चालन गर्ने दिने गरी २०७७ साउनमा ठेक्का भएको थियो। सोहीअनुसार २०७७ पुसमा ८ गते आशयपत्र जारी भएको थियो।


प्रकाशित : सोमबार, पुस २६ २०७८०६:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend