आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी

images
बिहीबार , भदौ २० २०८१
images
नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी
images
images

काठमाडौं- सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गरेको छ।

images
images
images

आज बसेको मन्त्रिपरिषदको बैठकले पहाडीलाई प्रबन्ध निर्देशक नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए। 

images
images

टेलिकमको कायमुकायम प्रबन्ध निर्देशक रहेकी पहाडीलाई सरकारले प्रबन्ध निर्देशक नियुक्त गरेको हो। उनी नेपाल टेलिकमको दोस्रो महिला प्रबन्ध निर्देशक पनि हुन्। यसअघि कामिनी राजभण्डारी प्रबन्ध निर्देशक नियुक्त भएकी थिइन्।

images
images

माओवादी नेतृत्वको सरकार हुँदा नै टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिको प्रक्रिया अघि बढेको थियो। तत्कालीन सचिव रामकृष्ण सुवेदीले नै सिफारिस गरेकामध्येबाट अहिलेको सरकारले प्रबन्ध निर्देशक नियुक्त गरेको हो। 

यसअघिका प्रबन्ध निर्देशक सुनिल पौडेलल श्रृखलाबद्ध भ्रष्टाचार मुद्दा लागेर केही अभियोगमा दोषी ठहरसमेत भइसकेका छन्।

भ्रष्टाचारमा दोषी ठहर भएपछि पौडेलालई सरकारले बर्खास्त गरेको थियो। पौडेल बाहिरिएसँगै पहाडीले नै कामुको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्। 

टेलिकमकै क्याडर भएकाले पहाडीलाई काम गर्न सहज हुने अनुमान गरिएको छ।


प्रकाशित : बिहीबार , भदौ २० २०८१२१:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend