मंगलबार, असोज १ गते २०८१    
images
images

पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त

images
बिहीबार , भदौ २० २०८१
images
images
पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त

जोशी यसअघि २०१५ को डिसेम्बरदेखि २०१९ को डिसेम्बरसम्म पनि बोर्डको सीईओ रहेका थिए।

images
images

काठमाडौं- नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीपकराज जोशी नियुक्त भएका छन्। 

images
images
images

यसअघि सीईओ छनौट तथा सिफारिसका लागि गठन भएको समितिले आजै तीन जनाको नाम सिफारिस गरेको थियो। समितिले निवर्तमान सीईओ डा. धनञ्जय रेग्मी, पूर्वसीईओ दीपकराज जोशी र ज्ञानेश्वरसिंह महतोको नाम सिफारिस गरेको थियो।  

तीन जनामध्येबाट बोर्डले जोशीलाई नियुक्त गरेको हो। नियुक्त भएलगत्तै जोशीले बिजनेस न्युजसँग भने, 'परिस्थितिअनुकूल स्रोत सुनिश्चितता र स्रोतको व्यवस्थापन गरेर अगाडि बढ्ने चुनौती रहेको छ। सबैको साथ र सहयोगमा म यो चुनौतीलाई चिरेर अघि बढ्ने छु।'

तत्कालीन सीईओ धन्ञ्जय रेग्मीको कार्यकाल २०८० माघ १४ मा सकिएपछि बोर्ड सीइओविहीन थियो। 

images

जोशी यसअघि २०१५ को डिसेम्बरदेखि २०१९ को डिसेम्बरसम्म पनि बोर्डको सीईओ रहेका थिए।


प्रकाशित : बिहीबार , भदौ २० २०८११८:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend