काठमाडौं- नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि तीनजनाको नाम सिफारिस भएको छ।
सीईओ नियुक्तिका लागि छनौट तथा सिफारिसका लागि गठन भएको समितिले तीनजनाको नाम सिफारिस गरेको हो। समितिले निवर्तमान र पूर्वसीईओसहित तीनजनाको नाम सिफारिस गरेको हो।
स्रोतका अनुसार निवर्तमान सीईओ डा. धनञ्जय रेग्मी, पूर्व सीईओ दीपकराज जोशी र ज्ञानेश्वरसिंह महतोको नाम सिफारिस गरेको हो।
समितिले गरेको सिफारिसबाट बोर्डले एकजनालाई सीईओ नियुक्त गर्ने छ।